काठमाडौँ । भोटेकोशीमा आएको बाढीमा परेर ज्यान गुमाएका प्रहरी कर्मचारीका परिवारले २० लाख बढी पाउने भएका छन् । नेपाल प्रहरीका अनुसार बाढीमा परेर ज्यान गुमाएका प्रहरीका परिवारले प्रतिपरिवार २० लाख ४० हजार रुपैयाँ पाउने भएका हुन् । 

२० लाखमध्ये कल्याण कोषबाट ३ लाख, कल्याण कोषबाटै ४० हजार (काजक्रिया खर्च), राष्ट्रिय वाणिज्य बैंकबाट बीमाबापत ५ लाख रुपैयाँ र राष्ट्रिय बीमा संस्थानबाट २ लाख पाउनेछन् ।

मृतकका प्रहरी कर्मचारीका परिवारले प्रहरी संगठनबाट राहतस्वरुप थप १० लाख रुपैयाँ पाउनेछन् । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । 

त्यस्तै, मृतकले नेपाल प्रहरी कल्याण कोषबाट लिएको विशेष ऋणसमेत मिनाहा हुने निर्णय भएको छ । अर्कोतर्फ मृतकका परिवारका सदस्यबाट इच्छुकलाई सीपमूलक तालिम र रोजगारीसमेत उपलब्ध गराइएको छ ।





Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्