प्रकाशमानलाई रवीन्द्रको जवाफ : तपाईँले चाहिँ राजनीतिबाटै राजीनामा दिने कि ?

प्रकाशमानलाई रवीन्द्रको जवाफ : तपाईँले चाहिँ राजनीतिबाटै राजीनामा दिने कि ?

[ad_1]

२६ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफ्नो नेतृत्वमा स्थापना भएको दललाई एकदुई वर्ष टिकाउन नसक्नेले काम गरेर देखाउन सक्लान् भन्दै व्यंग्य गरेपछि विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रवीन्द्र मिश्रले जवाफ फर्काएका छन् ।

सिंहले शनिबार काठमाडौं १ का सम्भावित प्रतिस्पर्धीहरुमाथि प्रश्न उठाएका थिए । आइतबार मिश्रले काठमाडौं १ बाट लगातार चुनाव जितेका सिंहलाई १५ प्रतिप्रश्न गरेका छन् ।

संसद चलेको कुल कति दिन उपस्थित हुनुभयो ? अनुपस्थित भएका दिनको भत्ता लिनुभयो कि भएन ? पूर्वाधार विकास, सम्पदा संरक्षण लगायतका विषयमा के बोल्नुभयो, के गर्नुभयो ? जस्ता प्रश्न गरेका छन् ।

मिश्रले सिंहलाई समाजिक सञ्जालमार्फत सोधेका छन्, ‘गत महाधिवेशनमा तपाईंले आफन्तलाई लाभ हुन्छ भनेर अन्तिम घडीमा बेइमानी गर्दा तपाईंको पार्टीमा नयाँ नेतृत्व आउन नसकेको होइन ?’

स्थानीय चुनावमा नराम्रो नतिजा आएपछि आफूले अध्यक्ष पदबाट राजीनामा दिएको भन्दै मिश्रले सिंहलाई सोधेका छन्, ‘तपाईँले चाहिँ राजनीतिबाटै राजीनामा दिने कि ?’

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्