तातोपानी नाकाबाट केही कन्टेनर भित्रिए, नाका नियमित हुनेबारे अन्योल

तातोपानी नाकाबाट केही कन्टेनर भित्रिए, नाका नियमित हुनेबारे अन्योल

[ad_1]

तातोपानी नाकाबाट केही कन्टेनर भित्रिए, नाका नियमित हुनेबारे अन्योल

फाइल तस्वीर

२६ भदौ, काठमाडौं । एक महिनापछि चीनले तातोपानी नाकाबाट सामान नेपाल पठाएको छ । चीनतर्फ रोकिएको लसुनसहितका सामान बोकेका केही कन्टेनर नेपालतर्फ पठाएको तातोपानी भन्सार कार्यालयले जनाएको छ ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालका अनुसार चीनले नियमित रुपमा नै नाका खुलाएको हो वा हैन भन्नेबारे अन्योल रहेको बताए ।

‘केही ट्रक सामान आएका छन्, यो नियमित हुन्छ कि हुँदैन भनेर चिनियाँ पक्षसँग छलफल गरौं भनेको छु,’ उनले भने, ‘अहिलेसम्म नाका खुलेको हो वा हैन भन्ने यकिन छैन ।’

गत २५ साउनमा चीनले नेपालतर्फका दुवै स्थल नाका बन्द गरेको थियो । चीनको तिब्बत क्षेत्रमा कोभिड–१९ संक्रमण बढेको भन्दै तातोपानी र रसुवागढी नाका चिनियाँहरुले बन्द गरेका थिए ।

दशैंको मुखमा चीनले नाका बन्द गर्दा दशैंका लागि चीनको स्थलमार्गबाट ल्याइएका सामान बाटोमै अलपत्र परेका छन् । यसले आयातकर्ताहरु तनावमा परिरहँदा नाका खुल्नेबारेको अन्योल अझै हटेको छैन । चीनबाट आउने सामानहरुको आपूर्ति कमजोर हुँदा बजारमा मूल्य बढेको छ भने बजारमा कतिपय वस्तुको अभाव सुरु भएको छ ।

२५ साउनअघि पनि चीनले दैनिक कोटा तोकेर ४–५ कन्टेनर समान मात्रै भन्सार पास गरिरहेको थियो ।

 

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्