७ दिनभित्र कर नतिरे कारबाही – Online Khabar

७ दिनभित्र कर नतिरे कारबाही – Online Khabar

[ad_1]

१९ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले एक साताभित्र मनोरन्जन कर तिर्न ७ वटा क्यासिनोलाई ताकेता गर्दै पत्राचार गरेको छ ।

आइतबार एक पत्र पठाउँदै महानगर पालिकाले होटल म्यारियटको डेल्टीन, होटल अन्नपूर्णका क्यासिनो प्यालेस, हाटल र्‍याडिसनको क्यासिनो र्‍याड, होटल हायातको प्राइड इन्टरनेश्नल एण्ड रिक्रिएशन, हाटल सोल्टीको माजोङ्ग र मल्ल होटलको बेली क्यासिनोलाई कर तिर्न भनेको हो ।

बागमती प्रदेशको आर्थिक ऐनले तोकेको क्यासिनो प्रवेशको मनोरन्जन कर पटक पटक ताकेता गर्दा पनि नति सम्बन्धित संस्थाहरुको ४ वर्ष देखि नतिरेको महानगरको रनाजश्व विभागले जनाएको छ ।

प्रदेश आर्थिक ऐनले तोकेको दर रेट र सोको जरिवानसहित ७ दिनभित्र कर चुक्तता नगरे महानगरको राजश्व ऐन अनुसार कारबाही गरीने चेतावनी महानगरले क्यासिनोलाई गराएको छ । महानगरका राजस्व विभाग प्रमुख डा.  शिवराज अधिकारीका अनुसार सबै कम्यासिनोहरुले प्रतिव्‍यक्ति प्रवेश बापत ५० रुपैयाँ राजस्व महानगरलाई बुझाउनुपर्छ ।

बागमती प्रदेशको आर्थिक ऐन अनुसार उठेको राजस्वको ६० प्रतिशत महानगर र ४० प्रतिशत प्रदेशमा दाखिला गर्नुपर्छ ।

हेर्नुस् महानगरको पत्र

७ दिनभित्र कर नतिरे कारबाही – Online Khabar

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्