स्वर्णिम वाग्ले – Online Khabar

स्वर्णिम वाग्ले – Online Khabar

[ad_1]

 

२७ जेठ, काठमाडौं । प्रतिनिधि सभा सदस्य डा. स्वर्णिम वाग्लेले अब सुरुङ युगमा जानु पर्ने बताएका छन् ।

आज बिहान नागढुंगा सुरुङ मार्ग निर्माणको अवलोकन गर्न पुगेका सांसद वाग्लेले आर्थिक समृद्धिका लागि सुरुङ मार्गले सहयोग पुर्‍याउने भएकोले यसको महत्व भएको बताए ।

यो आयोजना महत्वपूर्ण आयोजना भएको उनको भनाइ छ । यसले समयको बचत र ध्वनी प्रदूषण पनि कम हुने बताए बताउँदै अब टनेल टेक्नोलोजीमा जानुपर्ने बताए ।

सुरुङ मार्गले दूरी घट्ने हुँदा इन्धनको बचत हुने उनले बताए । नागढुंगा सुरुङ मार्ग पाइलट प्रोजेक्टको रुपमै रहेको बताउँदै उनले यसबाट शिक्षा लिनु पर्ने बताए ।

यो मार्गको निर्माण समयमै सम्पन गर्न आफूहरूले भूमिका खेल्ने उनले बताए ।

सांसद वाग्ले रास्वपाका सभापति रवि लामिछानेसहित सुरुङ मार्गको अवलोकन गर्न पुगेका थिए ।

तस्वीर : आर्यन धिमाल

स्वर्णिम वाग्ले – Online Khabar

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्