सुर्खेतको सेरोफेरो (तस्वीरहरू)

सुर्खेतको सेरोफेरो (तस्वीरहरू)

[ad_1]

‘सुर्खेत बुलबुले ताल
माया मै सानो हुनाले
छुट्यो मायाजाल’

बुलबुले तालको बखान कति गर्नु ? सुर्खेतलाई रुपवती बनाउने आभूषण झै छ यो । सुर्खेतको करिब मध्यमागमा रहेको यो ताल करिब साढे ३१ बिघा क्षेत्रफलमा फैलिएको छ । घुमफिरका लागि पुग्नेहरुलाई सुरुमा त यही तालले मोहनी लगाउँछ ।

चाहे जल बिहार गर्न होस् वा घुमफिर गर्न, तालमा आगन्तुकको घुँइचो लाग्छ । जमिनमुनिबाट बुलबुल गर्दै पानी आउने भएकाले यसको नाम बुलबुृले रहेको स्थानियवासीहरु बताउँछन् ।

बि.सं. २०३० सालमा तत्कालिन राजा वीरेन्द्रले सुर्खेत भ्रमणका क्रममा उक्त तालसहितको उद्यान निर्माण गर्न लगाएका थिए ।

तर, सुर्खेतको फन्को लगाइरहँदा अरु पनि दर्शनीय ठाउँ पुग्नुपर्ने हुन्छ । जस्तोकि, गंगामाला देउती बज्यै ।

खासगरी धार्मिक आस्था राख्नेहरुलाई यस गन्तव्यले आकषिर्त गर्न सक्छ । हुन त यसको आफ्नै ऐतिहासिक महत्व पनि छ । यस मन्दिरको साइनो सुर्खेतमा बसोबास गरिरहेका पुरानो राजी जातिसँग पनि जोडिएको छ । राजीले गंगामा जाल खेल्न जाँदा देउता भेटिएकाले यस मन्दिरको नाम गंगामाला देउतीबज्यै रहन गएका स्थानीयवासीहरु बताउँछन् ।

देउती बज्यैको दर्शनले आफ्नो मनोकांक्षा पूरा हुने जनविश्वाससहित यहाँ दर्शनार्थीको घुँइचो लाग्ने गर्छ ।

सुर्खेतको सेरोफेरो (तस्वीरहरू)अब लागौं घण्टाघरतर्फ । सुर्खेतको वीरेन्द्रनगरस्थित घण्टाघर पनि आकर्षणको एउटा केन्द्र हो । बि.सं. २०४५ सालमा भेरी नदीमा पक्की पुल निर्माण भएपछि चीन सरकारले उपहारस्वरुप वीरेन्द्रनगरको मध्यमागमा घण्टाघर बनाइदिएको हो ।

घण्टाघर मात्र नभएर यसको आसपासमा पार्क तथा खुला चौर पनि छ ।

सुर्खेतको लाटीकोइलीमा रहेको काँक्रेविहार पनि निकै चर्चित छ । काक्रेविहार मन्दिर हिन्दू र बौद्ध दुवैप्रति आस्था राख्नेहरुको आस्थाको केन्द्रको रुपमा लिइन्छ ।

क्राँक्रेविहार मन्दिर पुनर्निमाण पछि अहिले दैनिक यहाँ घुम्न आउनेको संख्या बढेको छ । १७५ हेक्टर क्षेत्रफलमा फैलिएको काँक्रेविहार वन क्षेत्र नेपालकै पहिलो संरक्षित वन पनि हो ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्