बाजाको प्रचलन कसरी सुरु भयो ? – Online Khabar

बाजाको प्रचलन कसरी सुरु भयो ? – Online Khabar

[ad_1]

काठमाडौं । चाडपर्व, विवाह, जात्रा र कुनै विशेष समारोहमा बाजा बजाउने चलन छ । नेवार समुदायमा प्रचलित जात्राहरु त बाजाबिना कल्पना पनि गरिंदैन । बाजागाजाले सांस्कृतिक पर्वको रौनक नै बेग्लै बनाइदिन्छ ।

तर पछिल्लो समय बाजा बजाउनेको संख्या भने घट्दै गएको देखिन्छ । व्यस्त जीवनशैली र नयाँपुस्ताको रुचि कम हुँदै जाँदा परम्परागत नेवारी बाजा बजाउने व्यक्ति थोरै मात्रै छन् । बाजाको प्रचलन कसरी सुरु भयो र यसको महत्व के छ ?

‘मानव विकास क्रमको जंगली अवस्थामा जंगली जनावरबाट आफ्नो सुरक्षा होस् भनेर विभिन्न ध्वनि निकाल्ने क्रममा बाजागाजाको उत्पत्ति भएको मानिन्छ,’ नेपाल भाषाका शिक्षक कृष्ण प्रजापति भन्छन्, ‘बालीनाली जोगाउन, जनावरबाट बच्न बाजा बजाउने चलन चलेको हुन सक्छ ।’

समयक्रममा बाजाबाट निस्किएको ध्वनिले सबैलाई आनन्दित बनाउँदै मनोरञ्जन पनि प्रदान गर्न थालेको उनी बताउँछन् । ‘मानिस मानिसबीच बोलिने भाषा फरक-फरक हुन्छन् । एकले अरुको भाषा नबुझ्न सक्छन्,’ प्रजापति भन्छन्, ‘बाजागाजाबाट निस्किएको ध्वनि जसलाई संगीत भनिन्छ, यो विश्वभाषा हो । विश्वको जुनसुकै कुनामा बजाइने बाजाले सबैलाई मोहित पार्ने सामर्थ्य राख्छ ।’

नेवार समुदायमा बाजाको खास महत्व छ । अन्य समुदायले पनि चाडपर्व, विवाह, ब्रतबन्धलगायत कार्यमा बाजा बजाउने गर्छन् । नेवार समुदायका भने जात्रा धेरै हुने भएकाले बाजागाजा अझ धेरै बजाइन्छ ।

के छ बाजाको सामाजिक महत्व ?

पहिले पहिले समाजमा सहभागिता जनाउन बाजा सिक्ने गरिन्थ्यो । नेपाल भाषाका शिक्षक प्रजापति बाजागाजा, भजन वा कुनै नाचमा संलग्न नभएसम्म समाजबाट पर भएको जस्तो हुने बताउँछन् । ‘त्यसैले अधिकांश पुरुष कुनै न कुनै नाच वा बाजागाजामा सहभागी भएकै हुन्थे,’ उनी भनछन्, ‘साथै यो खाली समयको सदुपयोग पनि हो ।’

धेरै बजाइने बाजा कुनकुन हुन् ?

धिमे बाजा

‘धि’ भनेको ढिक्का, ‘मे’ भनेको गीत । काठको ढिक्कामा ठोकेर बजाइने बाजालाई धिमे भनिन्छ ।

बाजाको प्रचलन कसरी सुरु भयो ? – Online Khabar

बाँसुरी

बाँसुरी प्रख्यात बाजा हो । यसको धुन गीत-संगीतदेखि सबैतिर नै सुनिन्छ । एकपट्टि एउटा र अर्कोपट्टि सातवटा प्वाल हुने बाँसुरीलाई औंलाको चालसहित मुखले फुकेर बजाउने गरिन्छ ।

बाँसुरी छोटो, लामो, मझौला गरी तीन प्रकारका हुन्छन् । बाँसबाट बन्ने भएकाले यसलाई बाँसुरी भनिएको हो ।

नौबाजा

नगरा, पछिमा, लाटा खीं, धिमे, ढाँ, ढलुक, नाखीं, कोखीं र ताताली बाजाको संयुक्त संयोजनको नाम नौबाजा हो । नौबाजामा हुने बाजाहरू नेवार समुदायभित्रका उपसमुदायअनुसार फरक-फरक हुने गरेको छ । मानन्धर समुदायमा नौबाजामा पछिमा, धोलक, कोखीं, नायखीं, धिमे, नगरा, पस्ट, धाँ, डमरु हुन्छ भने अन्य समुदायको नौबाजामा धाँ, कोटा, ढाँचा, धिमेचा, नायखीं, पछिमा, ढोलक, कोखीं र नगरा हुन्छ ।

मानन्धर समुदायले नौबाजा गुलाँपर्वमा मात्र बजाउने गर्छ भने भक्तपुरको दत्तात्रय, टौमढी र लालाछेंको नौबाजा समुदायले विशेष पर्व लगायत प्रत्येक महिनाको पूर्णिमामा बजाउने परम्परा छ ।

साउन-भदौ (नेपाल सम्वतको गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म) एक महिना मनाइने गुँलापर्वका अवसरमा गरिने चैत्य परिक्रमामा मानन्धर समुदायले नौबाजा बजाउने गर्छन् । सोह्रौं शताब्दीदेखि प्रचलनमा आएको नौबाजा नेवार समुदायमा चाडपर्व, डाफा भजन, पूर्णिमा, एकादशी, जात्रा र मेलामा पनि बजाउने गरिन्छ ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्