क्यानडाले निष्कासित गर्‍यो चिनियाँ कूटनीतिज्ञ – Online Khabar

क्यानडाले निष्कासित गर्‍यो चिनियाँ कूटनीतिज्ञ – Online Khabar

[ad_1]

क्यानडाले निष्कासित गर्‍यो चिनियाँ कूटनीतिज्ञ – Online Khabar

क्यानडाकी विदेशमन्त्री मेलानी जोली ।

२६ वैशाख, काठमाडौं । सांसदहरुलाई डर त्रास देखाएको आरोपमा क्यानडा सरकारले एक चिनियाँ कूटनीतिज्ञलाई देश निकाला गरेको छ ।

क्यानडाले चिनियाँ कूटनीतिज्ञ चाओ बेईलाई देश निकाला गरेको हो । क्यानडाको यो निर्णयको चीनले भने निन्दा गरेको छ ।

क्यानडाकी विदेशमन्त्री मेलानी जोलीले राजधानी ओटावास्थित चिनियाँ दूतावासकी कूटनीतिज्ञ चाओ बेईको अब काम छैन भन्दै देश निकाला गरेको बीसीले जनाएको छ ।

विदेशमन्त्री जोलीले आन्तरिक मामिलामा विदेशी हस्तक्षेप स्वीकार्य नहुने भन्दै यो निर्णय निकै सचेतताका साथ लिइएको बताएकी छन् ।

विवाद के हो ?

क्यानडाका सांसद माइकल चोंगले चीनले मानवअधिकार हनन गरेको टिप्पणी गरेका थिए । त्यसपछि सांसद माइकलका हङकङस्थित आफन्तलाई चिनियाँ अधिकारीहरुले दुःख दिन थालेको आरोप छ ।

ग्लोबल एण्ड मेल पत्रिकामा प्रकाशित क्यानडाको गुप्तचर रिपोर्टमा चाओ बेईमाथि ५१ वर्षीय सांसद माइकल चोंगको बारेमा सूचना संकलनमा संलग्न भएको आरोप लगाइएको छ । उनले हङकङमा रहेका चोंगका आफन्तको बारेमा वपन जानकारी मागेको गुप्तचर रिपोर्टमा दाबी गरिएको छ ।

माइकल चोंगले सन् २०२१ मा संसदमा वीगर मुसलमानहरुमाथि चीनले अत्याचार गरेको विषय राखेका थिए । त्यसको खण्डन गर्दै चीनले चोंगमाथि प्रतिबन्ध लगाएको थियो ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्