वर्षात‍्‍ले विद्युत प्राधिकरणलाई सामान्य राहत – Online Khabar

वर्षात‍्‍ले विद्युत प्राधिकरणलाई सामान्य राहत – Online Khabar

[ad_1]

वर्षात‍्‍ले विद्युत प्राधिकरणलाई सामान्य राहत – Online Khabar

फाइल तस्वीर

२० वैशाख, काठमाडौं । पछिल्लो सातामा भएको वर्षातले नेपाल विद्युत प्राधिकरणलाई सामान्य राहत मिलेको छ । आयातित बिजुलीले माग धान्न मुस्किलमा परेको अवस्थामा वर्षात् पछि नदीमा पानीको सामान्य सतह बढेको छ ।

प्राधिकरणका प्रवक्ता तथा भारप्रेषण केन्द्रका प्रमुख सुरेशबहादुर भट्टराईका अनुसार करिब ९० मेगावाटसम्म बिजुलीको उत्पादन बढेको छ । करिब २७०० मेगावाट जडित क्षमता भएपनि करिब ७०० मेगावाट मात्रै विद्युत उत्पादन भइरहेको छ ।

यो वर्ष पहाडी क्षेत्रमा समयमै हिमपात नहुँदा नदीमा पानीको सतह घटेर उत्पादनमा चरम गिरावट आएको छ । प्रवक्ता भट्टराईका अनुसार अझै पनि करिब ५०० देखि ६०० मेगावाटसम्म बिजुली आयात गरिंदैछ ।

नदीमा पानीको सतत बढेर उत्पादन पनि बढ्न थालेपछि क्रमैसँग भारतबाट आयात हुने बिजुलीको परिमाण घट्दै जाने प्राधिकरणले बताएको छ ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्