प्रशिक्षक विहीन मनाङले आर्मीलाई हरायो  – Online Khabar

प्रशिक्षक विहीन मनाङले आर्मीलाई हरायो  – Online Khabar

[ad_1]

२० वैशाख, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा प्रशिक्षक विहीन मनाङ मस्र्याङ्दी क्लबले नेपाल आर्मीमाथि १–० को जित निकालेको छ ।

आठौं खेलमा पहिलो जित हात पार्ने क्रममा मनाङका लागि तिमोथी कुडोले इन्जुरी समयमा गोल गरे । यसअघिका सात खेलमा जित विहीन रहेको मनाङले लगातार ६ खेल हारेको थियो ।

लिगमा लगातार हारपछि मनाङका प्रशिक्षक किरण श्रेष्ठले राजिनामा दिएका थिए ।

जसका कारण मनाङ आज प्रशिक्षक बिना नै मैदान उत्रिएको थियो । मनाङको टच लाइन गोल किपर प्रशिक्षक प्रविण श्रेष्ठले सम्हालेका थिए ।

यो जितसँगै मनाङ १४ खेलबाट १८ अंक बटुल्दै तालिकाको छैटौं स्थानमा उक्लिएको छ । पाँचौ स्थानमा रहेको आर्मीको भने १४ खेलबाट २० अंक छ ।

प्रशिक्षक विहीन मनाङले आर्मीलाई हरायो  – Online Khabar

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्