निर्माणधीन समिट अपार्टमेन्ट वरपरका घरहरु भासिए – Online Khabar

निर्माणधीन समिट अपार्टमेन्ट वरपरका घरहरु भासिए – Online Khabar

[ad_1]

२५ चैत, काठमाडौं । ललितपुरको बखुण्डोलमा निर्माणधीन समिट अपार्टमेन्ट वरपरका घर भासिएको छ । अपार्टमेन्ट वरपरका घर शुक्रबार राति भासिएपछि स्थानीयबासिन्दा भागाभाग भएका थिए । भागदौडका क्रममा कतिपय घाइते भएका छन् ।

एक तला जति घरहरु भासिएका छन् । केही घर क्षतिग्रस्त भएका छन् भने केहीको एकतला जति भासिएको छ । आफूहरुसँग अनुमति नलिई अपार्टमेन्ट बनाउन सुरु गरेको स्थानीयबासिन्दाको आरोप छ । उनीहरुले आफूहरुको बास बस्ने ठाउँ नभएको भन्दै आवश्यक व्यवस्था मिलाउन माग गरेका छन् ।

ललितपुर क्षेत्र नम्बर ३ की सांसद डा. तोसिमा कार्कीले अपार्टमेन्ट बनाउने कम्पनी र लगानीकर्ताहरुले स्थानीयलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेकी छन ।

शनिबार बिहान भासिएको घरहरुको निरीक्षण गरेपछि उनले स्थानीयलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न र दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेकी छन् ।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसँग कुरा गरेको भन्दै उनले स्थानीयलाई न्याय दिन आफू लागिपर्ने बताइन् ।

निर्माणधीन समिट अपार्टमेन्ट वरपरका घरहरु भासिए – Online Khabar

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्