काठमाडौं – खातामा पर्याप्त रकम नभएको जानकारी हुँदाहुँदै चेक प्रयोग गरी ठगी गरेको आरोपमा एक व्यक्ति फरार भएका छन्।
सुर्खेतको वीरेन्द्रनगर–२ निवासी तथा हाल काठमाडौंको आनामनगरमा बसोबास गर्दै आएका २५ वर्षीय सुबाश रावतले एउटा व्यक्तिलाई आर्थिक कारोबार गर्दा खाली चेक दिएको पाइएको छ।
प्राप्त विवरणअनुसार, रावतले विभिन्न समयमा विभिन्न समस्या पर्यो भनी लियको रकमको चेक दिएका थिए। तर, ती चेक बैंकमा पेश गर्दा खातामा रकम अभावका कारण अस्वीकृत हुने गरेको छ।
चेक बाउन्स भएपछि पीडितहरूले सम्पर्क गर्न खोज्दा उनी सम्पर्कविहीन भएका छन्। यस घटनापछि पीडितहरूले आफूहरू ठगीमा परेको भन्दै सम्बन्धित निकायमा उजुरी गर्ने तयारी गरेका छन्।


कानुनी पक्ष
खातामा रकम नभएको अवस्थामा जानाजानी चेक जारी गर्नु नेपालको कानूनअनुसार दण्डनीय अपराध हो। यस्तो कसुरमा दोषी ठहरिएमा जरिवाना वा कैद सजाय हुन सक्छ।
प्रहरीले सर्वसाधारणलाई चेकमार्फत कारोबार गर्दा सावधानी अपनाउन तथा रकम सुनिश्चित गरेर मात्र लेनदेन गर्न अनुरोध गरेको छ।






