राष्ट्रपति निर्वाचनमा जे देखियो – Online Khabar

राष्ट्रपति निर्वाचनमा जे देखियो – Online Khabar

[ad_1]

२५ फागुन, काठमाडौं । कडा सुरक्षाका बीच राष्ट्रपति पदको निर्वाचन जारी छ । बिहान १० बजेदेखि सुरु मतदान दिउँसो ३ बजेसम्म जारी रहने र आजै बेलुका परिणाम सार्वजनिक गर्ने निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी दिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, माधव कुमार नेपाल लगायतले मतदान गरिसकेका छन् । नेपालको तेस्रो राष्ट्रपति बन्ने प्रतिस्पर्धामा रहेका नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका सुवास नेम्वाङले पनि मतदान गरेका छन् ।

आठ दलको समर्थन पाएका पौडेल प्रशन्न मुद्रामा छन् । उनी मतदान सुरु हुनुभन्दा करिब एक घण्टा अगाडि नै संसद भवन परिसरमा पुगेका थिए । पत्रकारहरुलाई प्रतिक्रिया दिंदै उनले भने, ‘मतदानका लागि माननीयहरू आउन लाग्नु भएको छ । म उहाँहरूलाई नमस्कार गर्न चाँडै आएँ ।’ आफ्नो इतिहास र योगदानलाई मूल्याकंन गरेर राष्ट्रिय सभा, प्रतिनिधिसभा र प्रदेशसभाका सबै सदस्यहरुले आफूलाई मत हाल्ने उनले विश्वास व्यक्त गरे ।

राष्ट्रपति निर्वाचनमा जे देखियो – Online Khabar

पौडेलसँग विभिन्न सांसदहरुले फोटो खिचाइरहेका छन् । कतिपयले फूल दिएर अग्रिम बधाई दिइरहेका छन् ।

मतदान सुरु भइसकेपछि मात्र अर्का उम्मेदवार नेम्वाङ मतदानस्थलमा पुगेका थिए । उनले पौडेलसँग उभिएर फोटो खिचे, हात मिलाए र अभिवादनको शैलीमा दुवैले हात माथि उठाए ।

निर्वाचनलाई लक्षित गरी संसद भवन भित्र र बाहिर सुरक्षा व्यवस्था कडा पारिएको छ ।

भण्डारीको लगातार दुई कार्यकाल यही फागुन २८ गते सकिने भएकाले नयाँ राष्ट्रपति चुन्न आज निर्वाचन भएको हो । उपराष्ट्रपति पदको निर्वाचन भने चैत ३ गते हुनेछ ।

नेपालको तेस्रो राष्ट्रपतिको घोषणा आज बेलुका ७ बजेभित्र गर्ने तयारीमा निर्वाचन आयोग छ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो राष्ट्रपति डा. रामवरण यादव हुन् । उनको कार्यकाल २०६५ साल साउन ८ गतेदेखि २०७२ कात्तिक ११ गतेसम्म थियो । दोस्रो राष्ट्रपतिको रुपमा नेकपा एमालेबाट विद्यादेवी भण्डारी २०७२ कात्तिक ११ गते निर्वाचित भएकी थिइन् ।

 

 

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्