राष्ट्रिय गौरवका २० आयोजनाले गरे एक वर्षमा साढे ५१ अर्ब बजेट खर्च

[ad_1]

फाइल तस्वीर

१९ मंसिर, काठमाडौं । राष्ट्रिय गौरवका २० वटा आयोजनाले एक वर्षको अवधिमा साढे ५१ अर्ब रुपैयाँ बराबर बजेट खर्च गरेका छन् । महालेखा नियन्त्रकको कार्यालयका अनुसार नेपालका राष्ट्रिय गौरव घोषित आयोजनाले आर्थिक वर्ष (आव) २०७८/७९ मा ५१ अर्ब ६३ करोड ७ लाख रुपैयाँ बजेट खर्च गरेका हुन् । यस आवमा राष्ट्रिय गौरवका आयोजनाले गरेको खर्च ६७.४५ प्रतिशत हो । यस आवमा सरकारले राष्ट्रिय गौरवका आयोजनालाई ७६ अर्ब ५९ करोड २३ लाख रुपैयाँ बजेट छुट्याएको थियो ।

२० वटा राष्ट्रिय गौरवका आयोजनामध्ये लुम्बिनी विकास कोष र दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निजगढले विनियोजनको शतप्रतिशत बजेट खर्च गरेका छन् । सबैभन्दा कम वित्तीय प्रगति भने मिलिनियम च्यालेन्ज एकाउन्टले गरेको महालेखाको तथ्यांकले देखाएको छ । १५ वटा आयोजनाको प्रतिशत औसतमा ६७ प्रतिशत भन्दा माथि र ५ वटा आयोजनाको प्रगति औसत भन्दा कम रहेको तथ्यांकले देखाएको छ ।

यस आवमा सबैभन्दा ठूलो रकम भने काठमाडौं तराई मधेश द्रुत मार्गमा ८ अर्ब ८९ करोड रुपैयाँ भएको छ । यो आवमा यस आयोजनाको बजेट ८ अर्ब ९२ करोड रुपैयाँ रहेको थियो । हुलाकी राजमार्गमा ७ अर्ब ३१ करोड रुपैयाँ बजेट खर्च भएको छ । यस आवमा सुनकोशी मरिन डाइभर्सनले २ अर्ब ३ करोड रुपैयाँ बजेट खर्च गरेको छ । रेल, मेट्रो रेल तथा मोनो रेल विकास आयोजनाले २ अर्ब ९० करोड रुपैयाँ बजेट खर्च गरेको छ । मिलिनियम च्यालेन्ज एकाउन्टले भने ९ अर्ब १० करोड विनियोजन गरेकोमा ५७ करोड ३३ लाख अर्थात ६.३ प्रतिशत मात्र खर्च भएको महालेखाको तथ्यांकले देखाएको छ ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्