कास्की २ मा एमालेकी विद्या भट्टराई निर्वाचित – Online Khabar

कास्की २ मा एमालेकी विद्या भट्टराई निर्वाचित – Online Khabar

[ad_1]

कास्की २ मा एमालेकी विद्या भट्टराई निर्वाचित – Online Khabar

नेकपा एमालेकी विद्या भट्टराई । फाइल तस्वीर

८ मंसिर, पोखरा । कास्की क्षेत्र नं. २ मा नेकपा एमालेकी विद्या भट्टराई निर्वाचित भएकी छिन् । उनले निकटम् प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधवप्रसाद कँडेललाई ४ हजार ५०३ मतान्तरले पराजित गर्दै दोस्रो पटक संसद यात्रा निश्चित गरेकी हुन् ।

भट्टराईले १६ हजार ९९८ मत पाउँदा निकटतम् प्रतिद्वन्द्वी कँडेलले १२ हजार ४९५ मत ल्याउन सफल भए । कँडेलले सुरुआती मतगणनामा लगातार अग्रता बनाइरहेका थिए । तर, पछि विद्याले उछिन्दै भारी मतान्तरसहित विजयी भएकी हुन् ।

सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका श्रीनाथ बराल ९ हजार ६५९ मतसहित तेस्रो स्थानमा रहे ।

शिक्षण पेशामा रहेकी विद्या यसअघि सोही क्षेत्रबाट सांसद जितेका रवीन्द्र अधिकारीको हवाई दुर्घटनामा मृत्यु भएपछि भएको उपचुनावमा निर्वाचित भएकी थिइन् । विद्या स्वर्गीय रवीन्द्र अधिकारीकी पत्नी हुन् ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्