नेसपाको प्रतिबद्धतापत्रमा अटाएनन् महिन्द्रराय यादव

नेसपाको प्रतिबद्धतापत्रमा अटाएनन् महिन्द्रराय यादव

[ad_1]

६ कात्तिक, काठमाडौं । नेपाल समाजवादी पार्टीले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ ।

आइतबार बानेश्वरस्थित अल्फाबिटा हाउसमा आयोजित कार्यक्रममा नेसपाका अध्यक्ष बाबुराम भट्टराईले प्रतिबद्धतापत्र सार्वजनिक गरे ।

‘सबैलाई लोकतन्त्र, सबैलाई समृद्धि’ नारासहितको प्रतिबद्धतापत्रको आवरणमा माओवादी केन्द्रको चुनाव चिह्न सँगै अध्यक्ष भट्टराईको तस्वीर समेत समेटिएको छ ।

तर प्रतिबद्धतापत्रमा नेसपाका अर्का अध्यक्ष महिन्द्ररायको तस्वीर त के नामसमेत उल्लेख छैन ।

प्रतिबद्धतापत्रमै भट्टराईको हस्ताक्षरसहित छुट्टै पत्र समेत समावेश छ । तर, त्यहाँ पनि यादवको नाम छैन ।

प्रतिबद्धतापत्र सार्वजनिक गर्ने कार्यक्रममा समेत यादव उपस्थित थिएनन् । यादव सार्लही–२ बाट उम्मेदवार छन् ।

नेसपाको प्रतिबद्धतापत्रमा अटाएनन् महिन्द्रराय यादव

प्रतिबद्धतापत्रमा यादवको नाम छुटाएर आफनो मात्र नाम र तस्वीर राख्ने डाक्टर भट्टराई तिनै नेता हुन् जसले जनता समाजवादी पार्टी नेपालमा रहँदा पार्टी अध्यक्ष उपेन्द्र यादवले आफूलाई स्थान नदिएको र एकलौटी गरेको गुनासो गरिरहन्थे ।

प्रतिबद्धतापत्रमा डा. भट्टराईले लोकतन्त्रको लोकतान्त्रीकरणका लागि नेसपाका १० प्रतिबद्धताहरू उल्लेख गरेका छन् ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्