भव्य समारोहका बीच नवौं राष्ट्रिय खेलकुदको समापन (तस्वीरहरू)

भव्य समारोहका बीच नवौं राष्ट्रिय खेलकुदको समापन (तस्वीरहरू)

[ad_1]

३ कात्तिक, पोखरा । २०८१ सालको मंसिर २ देखि ९ गतेसम्म कर्णाली प्रदेशमा भेट्ने बाचा गर्दै नवौं राष्ट्रिय खेलकुद समापन भएको छ ।

पोखरा रंगशालामा भएको भव्य समारोहकाबीच प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतियोगिता समापन गरेका हुन् ।

प्रतियोगिताको समापन गर्दै प्रधानमन्त्री देउवाले देशमा राजनीतिक स्थायित्व कायम भएसँगै अरु क्षेत्रसँग सँगै खेलकुदलाई पनि व्यवस्थित तवरल अघि बढाउन सरकार प्रतिबद्ध रहेको बताए ।

राष्ट्रिय खेलकुद लगायतका अन्य खेल प्रतियोगितालाई नियमित तवरमा आयोजना गर्न सरकार प्रतिवद्ध रहेको बताए ।

सीमित श्रोत र साधानका बीच पनि नेपाली खेलाडीले हालसम्म प्राप्त गरेको उपलब्धी प्रशंसनीय रहेको भन्दै उनले खेलाडीलाई बीमा, मासिक वृत्ति तथा औषधिउपचार सुविधा दिन सरकारले गृहकार्य गरिरहेको देउवाले बताए ।

समापन समारोहमा प्रतियोगिताका दौरान मृत्यु भएका प्याराग्लाइडिङ खेलाडी निसिम थापाप्रति श्रद्धाञ्जली अर्पण गर्दै मौन धारण गरिएको थियो ।

यस्तै सहभागी टिमका खेलाडीले मार्चपास गरेका थिए । उद्घाटन समारोहको तुलनामा समापन समारोहमा स्थानीयबासिन्दाको उपस्थिति धेरै थियो ।

भव्य समारोहका बीच नवौं राष्ट्रिय खेलकुदको समापन (तस्वीरहरू)

तस्वीरहरू : विकास श्रेष्ठ/अनलाइनखबर

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्