पर्यटन बोर्डले हवाई टिकटमा उठाउने शुल्क खारेज हुँदै

पर्यटन बोर्डले हवाई टिकटमा उठाउने शुल्क खारेज हुँदै

[ad_1]

पर्यटन बोर्डले हवाई टिकटमा उठाउने शुल्क खारेज हुँदै

फाइल तस्वीर

३ कात्तिक, काठमाडौं । नेपाल पर्यटन बोर्डले नेपालबाट विदेश उड्ने विदेशी नागरिक तथा पर्यटकबाट उठाइरहेको सेवा शुल्क खारेज हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालबाट विदेश उड्दा पर्यटकको टिकटमा जोडिने पर्यटन सेवा शुल्क हटाउन इन्टरनेसनल एयरलाइन्स ट्रान्सपोर्ट एसोसियसन (आईटा)लाई पत्राचार गर्ने तयारी गरिरहेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार पर्यटन सेवा शुल्कको कोड हटेपछि हवाई टिकटमा सेवा शुल्क उठाउन पाइने छैन ।

त्यसपछि नेपाल पर्यटन बोर्डको आम्दानीको मुख्य स्रोत बन्द हुनेछ । बोर्डले नेपालबाट विदेश उड्ने विदेशी नागरिकबाट प्रतिटिकट १ हजार रुपैयाँ र मूल्य अभिवृद्धि कर उठाउने गरेको छ । चालु आर्थिक वर्ष २०७८/७९ मा ५ लाख पर्यटक नेपाल आउने अनुमानसहित बोर्डले बजेट बनाएर कार्यान्वयन थालेको छ ।

प्राधिकरणका प्रवक्ता निरौलाका अनुसार बोर्डले यसरी उठाइरहेको सेवा शुल्क नियमसंगत नरहेको प्राधिकरणको निष्कर्ष छ ।

१३ देखि २५ अप्रिलससम्म भएको नेपालको हवाई सुरक्षा अडिटका क्रममा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)ले सो सेवा शुल्कबारे प्रश्न उठाएको थियो । त्यसलगत्तै प्राधिरकणले पर्यटन बोर्डसँग सेवा शुल्कबारे जानकारी मागेको थियो ।

आईकाओको म्यानुअल अनुसार यात्रुलाई कुनै सेवा शुल्क नलिइकन कुनै पनि शुल्क टिकटमा जोड्न मिल्दैन । आईकाओले आफ्नो अडिट रिपोर्टमा यसबारे प्रश्न उठाएको थियो  । यस अनुसार प्राधिकरणले इन्टरनेसनल एयरलाइन्स ट्रान्सपोर्ट एसोसिएसन (आईएटीए)लाई पर्यटन सेवा शुल्क हटाउन पत्रााचार गर्ने तयारी गरेको हो ।

आईएटीएको सदस्य भएका ट्राभल एजेन्सीहरुले अन्तर्राष्ट्रिय उडानको टिकट काट्न पाउने अधिकार हुन्छ । सोहीकारण आईएटीएबाटै कोड खारेज गर्न लागिएको निरौलाले जानकारी दिए । त्यसपछि बोर्डले टिकटबाट उठाइरहेको शुल्क खारेज हुनेछ ।

निरौलाका अनुसार प्राधिकरणले बोर्डलाई आफ्नो ऐनमा समेटेर मात्र शुल्क उठाउन पत्राचार गरेको थियो । प्राधिकरणले विमानस्थलमा रहेको बोर्डको स्टल समेत हटाउन भनेको छ । ‘सेवा शुल्क उठाइसकेपछि पर्यटकको हितमा काम गर्नुपर्छ, विमानस्थलमा बोर्डको कुनै भूमिका नभएका कारण यो शुल्क नियमसंगत छैन’ उनले भने ।

कसरी चल्छ बोर्ड ?

नेपाल पर्यटन बोर्डलाई सरकारले सुरुमा रेष्टुरेन्टबाट उठ्ने बिलमा २ प्रतिशत शुल्क लिन पाउने व्यवस्था गरेको थियो । यसरी उठेको शुल्क बोर्डको आम्दानीको रुपमा थियो । यसमा विवाद भएपछि हवाई यात्रुसँग सिधै शुल्क लिन थालिएको थियो भने हवाई टिकटमा सेवा शुल्क लिने गरी बोर्डलाई अधिकार दिइएको थियो । पर्यटन बोर्ड ऐन २०५३ र पर्यटन बोर्ड नियमावली २०५५ मा विमानस्थलमा पर्यटकलाई कुनै सेवा वा परामर्श उपलब्ध गराएबापत पर्यटन सेवा शुल्क लिन सकिने प्रावधान छ । तर, शुल्क मन्त्रिपरिषद्‍बाट स्वीकृत गराउनुपर्छ ।

प्राधिकरणका सूचना अधिकृत ज्ञानेन्द्र भुलका अनुसार पर्यटन बोर्डले ऐन र नियमावलीमा शुल्क लिनसक्ने व्यवस्था गरेपनि कति पैसा उठाउने भनेर मन्त्रिपरिषद्‍बाट निर्णय गराएको छैन । २०६३ सालको आर्थिक ऐनमा प्रतिटिकट ५ सय रुपैयाँ उठाउने गरी व्यवस्था गरेको थियो । यो व्यवस्था अनुसार २०६६ सालसम्म शुल्क उठाइएको थियो । त्यसपछि पर्यटन बोर्डले सो सेवा शुल्क १ हजार रुपैयाँ पुर्‍याउनुपर्ने भन्दै अर्थ मन्त्रालयमा प्रस्ताव गरेको थियो ।

अर्थ मन्त्रालयले पर्यटन बोर्ड स्वायत्त संस्था भएकाले आफ्नै ऐन वा नियमावलीमा व्यवस्था गरेर त्यस्तो शुल्क उठाउन सुझाव दिएको थियो । बोर्डले आफ्नो नियमावली संशोधन नगरी एक आन्तरिक कार्यविधि बनाएर यस्तो सेवा शुल्क उठाउँदै आएको भुलले बताए ।

पर्यटन बोर्डका एक अधिकारीले भने यस्तो शुल्क उठाउन नपाउने हो भने सरकारले विकल्प दिनु पर्ने बताउँछन् । ‘बोर्ड राज्यले स्थापना गरेको निकाय हो,’ उनले भने, ‘राज्यकै अर्को निकायले शुल्क रोक्छ भने सरकारले आम्दानीका लागि विकल्प दिनुपर्छ ।’

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्