चिलको चित्ताकर्षक दृश्य – Online Khabar

चिलको चित्ताकर्षक दृश्य – Online Khabar

[ad_1]

८ असोज, काठमाडौं । कुनै भूगोलमा एकक्षण टक्क अडिएर आसपासका दृश्य नियाल्नुहोस् त, कति कुराहरु देख्न सकिन्छ ।

आफ्नो आँखाले बनाउने फराकिलो फ्रेममा जे-जति प्रकृतिका चलयामान दृश्यहरु समेटिन्छन्, ती कुनै सिनेमाभन्दा कम आकर्षक हुँदैनन् । यसका लागि एउटै सर्त हो, त्यो दृश्यलाई तपाईं कति सचेतपूर्वक र आनन्ददायक रुपमा हेर्नुहुन्छ ।

धर्तीको सतहभन्दा माथि-माथि चिल उडिरहेको दृश्य देख्दा म एकोहोरिएको थिएँ । दुईतिर पखेटा फिँजाएर कति लयात्मक ढंगले त्यो शून्य ठाउँमा यताउता गरिरहेको थियो । त्यसको चाल र गतिले मलाई निकै लोभ्याएको थियो ।

हुन त ऊ मलाई कुनै जादुयी नृत्य देखाइरहेको थिएन, ताकि मेरो नजर ऊतर्फ केन्द्रित होस् । त्यो आफ्नै सुरमा थियो र जीवनको धुन खोजिरहेको थियो । अर्थात त्यो आफ्नो दैनिक जीवनको लागि आहार जुटाउने प्रयत्नमा थियो ।

आकासबाट वत्तिदै आएको त्यो चिल एकसरो फनफनी घुमेपछि चोभारस्थित वाग्मती नदीको सतहमाथि छलाङ मार्न आइपुग्यो । सायद उसले त्यो उचाइबाट आफ्नो आहार पहिल्याइसकेको थियो र कत्ति पनि ढिला नगरी त्यसलाई आफ्नो पञ्जामा पार्न चाहन्थ्यो ।

प्रकृतिले नि:शुल्क उपलब्ध गराएको यो दृश्य हेरेर म निकै रोमाञ्चित भएको थिएँ ।

तर, अब यस्ता दृश्यहरु दुर्लभ बन्दै गएको छ । अस्तव्यस्त सहर र मानव गतिविधिको कारण पशुपंक्षीको आश्रयस्थल साँघुरिदैछ । आफू कसरी बाँच्ने, कसरी आफ्नो जीवनलाई सुविधा बनाउने भन्ने ध्याउन्नमा हामी अनेक गतिविधि गरिरहेका छौं, विकासको नाममा । तर, हाम्रो विकासे योजनाहरुले यी पशुपंक्षीहरुलाई पो संकटमा पार्दैछ कि ?

चिलको चित्ताकर्षक दृश्य – Online Khabar

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्