[ad_1]
केन्यासँगको सिरिज जितेको नेपाली राष्ट्रिय टिम ।
७ असोज, काठमाडौं । नेपालले बंगलादेश ‘ए’ टिमसँग घरेलु मैदान त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सिरिज खेल्न प्रस्ताव गरेको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले दशैं लगत्तै घरेलु मैदानमा बंगलादेश ‘ए’ टिमसँग सिरिज खेल्ने तयारी अघि बढाएको क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले बताएका छन् ।
नेपाल टी–२० लिग स्थगित भएसँगै केहि समय नेपाली क्रिकेट टोलीको तालिका खाली हुने भएपछि नेपालले अभ्यासका बंगलादेशसँग शृंखलाको प्रस्ताव राखेको हो ।
‘हामीले उनीहरुसँग सिरिज खेल्न कुरा गरिरहेका छौं । पक्का भने भइसकेको छैन छिट्टै केही निष्कर्ष आउनेछ,’ क्यानका सचिव मल्लले अनलाइनखबरसँग भने ।
नेपालले तीन एकदिवशीय अभ्यास खेलको लागि बंगलादेशको ‘ए’ टिमलाई प्रस्ताव गरेको हो । नेपाली टिमलाई एकदिवशीय फम्र्याटमा अभ्यास गराउनका निम्ति यो सिरिज प्रस्ताव गरिएको मल्लले बताएका हुन् ।
[ad_2]
Source link








