खेल्न पाएकैमा चित्त बुझाएर फर्के ३ टिम – Online Khabar

खेल्न पाएकैमा चित्त बुझाएर फर्के ३ टिम – Online Khabar

[ad_1]

२९ भदौ, काठमाडौं । महिला साफ च्याम्पियनसिपमा चार टिम सेमिफाइनलमा पुगेका छन् भने ३ टिम समूह चरणबाटै घर फर्केका छन् ।

शुक्रबार हुने सेमिफाइनल खेल्नेमा नेपाल र भारत तथा बंगलादेश र भुटान छन् ।

महिला फुटबलको इतिहासमै पहिलो खेल जित्ने क्रममा श्रीलंकालाई हराएको भुटान पहिलो पटक सेमिफाइनल पुगेको छ ।

आर्थिक मन्दीले थलिएको श्रीलंका भुटानसँग ५–० को फराकिलो अन्तरले हारेसँगै घर फर्केको छ ।

यस्तै माल्दिभ्स र ८ वर्षको निलम्बनपछि मैदान फर्किएको पाकिस्तान सेमिफाइनल पुग्न असफल भए ।

मानसिक रुपमै कमजोर माल्दिभ्स

खेल्न पाएकैमा चित्त बुझाएर फर्के ३ टिम – Online Khabar
बंगलादेशसँगकाे खेलमा बल खोस्ने प्रयास गर्दै माल्दिभ्सका खेलाडी ।

सन् २०१६ मा सेमिफाइनल खेलेको माल्दिभ्सले यो पटक समूह चरणमा खेलेका तीनै खेलमा फराकिलो अन्तरको हार व्यहो¥यो । खेलाडी मैदानमा शारीरिक रुपमा र मानसिक रुपमै कमजोर देखिए । माल्दिभ्सका मुख्य प्रशिक्षक अहमिद सारिफले पनि यसलाई स्वीकारे ।

उनले भने, ‘हाम्रा खेलाडीमा मानसिक कमजोरी थियो । फुटबल शारीरिक रुपका साथसाथै मानसिक रुपमा बलियो भएको टिमले जित्छ, हाम्रा खेलाडी यसैमा कमजोर थिए ।’

माल्दिभ्स जित्न भन्दा पनि फराकिलो अन्तरको हार टार्नमै मैदानमा संघर्षरत थियो । तर पनि उसले बंगलादेशसँग ३, भारतसँग ९ र पाकिस्तानसँग ७ गोल खायो । बदलामा एक गोल पनि फर्काउन सकेन ।

प्रशिक्षक सारिफले भने ‘प्रतियोगितामा हामीले राम्रो खेल्न नसक्नुको कमजोर पक्ष नै हाम्रा खेलाडीको मानसिकता हो ।’

यी तीन खेलपछि खेलाडीको मानसिकता केही परिवर्तन भएको उनले महसुस गरेका छन् । र यसबाट धेरै सिकेको बताउने उनले सबै खेल हारे पनि आफू एक हदसम्म सफल भएको मान्छन् । ५ खेलाडीलाई डेब्यू गराएका सारिफ भन्छन्, ‘हाम्रो टिममा १६ वर्षदेखि ५० वर्षसम्मका खेलाडी छन्, उनीहरुलाई फुटबलमा ल्याउनु नै मेरो लक्ष्य थियो ।’

नयाँ खेलाडीले सिक्ने मौका र प्रेरणा पाएको उनले बताए । खेलमा गरेको गल्तीले धेरै गोल खाएको निष्कर्ष उनले निकालेका छन् ।

पाकिस्तानको नयाँ युग सुरु

भारतसँगको खेलमा बल अघि बढाउँदै पाकिस्तानी खेलाडी ।

समूह चरणको अन्तिम खेलमा माल्दिभ्सलाई ७–० ले हराउनुलाई पाकिस्तानी महिला टोलीले उपलब्धी मानेको छ । र जितले पाकिस्तानी टिममा नयाँ उर्जा थपिएको छ ।

अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले गरेको निलम्बनका कारण पाकिस्तान ८ वर्षदेखि मैदान उत्रिन पाएको थिएन । ८ वर्षपछि साफमा फर्किको पाकिस्तानी महिला टिमका लागि नयाँ युगको सुरुवात भएको पाकिस्तानका मुख्य प्रशिक्षक आदिल मिर्जा रिज्की बताउँछन् । माल्दिभ्सलाई हराएपछि उनले भने, ‘हामीले यो प्रतियोगिताबाट धेरै सकरात्मक कुराहरु लिएर जाँदैछौं । अब यो पाकिस्तानी महिला फुटबलको नयाँ युगको सुरुवात हो ।’

साफका डेढ महिनाको तयारीमा नेपाल आएको पाकिस्तान पहिलो खेलमा भारतसँग ३–० ले र दोश्रो खेलमा बंगलादेशसँग ६–० ले पराजित भएको थियो ।

‘हामीले सुरुका दुई खेलमा बलिया प्रतिस्पर्धी पाएका थियौं, जसका कारण हामी कमजोर देखियौं, तर माल्दिभ्सलाई हामीले जित्यौं, माल्दिभ्स पनि राम्रो टिम हो, डिफेन्सिङ फुटबल राम्रो खेल्यो तर हाम्रो लागि यो जित पाकिस्तान महिला फुटबलको नयाँ अध्यायको सुरुवात हो’, उनले भने ।

संकटले थिचिएको श्रीलंका

नेपालसँगकाे खेलमा गोल खाएपछि श्रीलंकाका खेलाडी ।

सन् २०१२, २०१४ र २०१९ गरी ३ पटक सेमिफाइनल खेलेको श्रीलंकाले जारी साफमा सबैभन्दा खराब प्रदर्शन गर्‍यो ।

नेपालसँग ६–० ले र भुटानसँग ५–० ले पराजित भएको श्रीलंकाका प्रशिक्षक चामिन्डा निल स्टिनवाल विगत एक वर्षयता श्रीलंकामा चलिरहेको आर्थिक संकटको प्रभाव महिला फुटबलमा पनि परेको बताउँछन् । ‘हामीलाई प्रशिक्षण गर्ने धेरै समय मिलेन । दुई हप्ताको प्रशिक्षण गरेर साफमा भाग लिन आएका हौं,’ खराब प्रदर्शनको कारण बताउँदै उनले भने, ‘श्रीलंकामा भएको आर्थिक मन्दिले हाम्रो प्रशिक्षणमा र खेलमा पनि प्रभाव पारेको हो ।’

खेलेका दुवै खेल हारे पनि प्रतियोगिताबाट अनुभव बटुल्न पाएकोमा नै श्रीलंका सन्तुष्ट छ । ‘हामीले यस प्रतियोगिताबाट धेरै अनुभव लियौं । हामीले धेरै कुरा गर्न बाँकी छ भन्ने कुरा सिकेर जाँदै छौं । हामीले जति गर्‍यौं यसमा नै सन्तुष्ट भएर फर्कने भन्दा अर्को विकल्प छैन’, श्रीलंकाले प्रशिक्षकले भने, ‘अर्को पटक हामी अझ राम्रो भएर आउनेछौं ।’

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्