[ad_1]
२९ भदौ, काठमाडौं । पूर्वन्यायाधीश समाजले संसदको कार्यकाल सकिँदैमा प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग निष्क्रिय नहुने बताएको छ । चुनावपछि आउने नयाँ प्रतिनिधिसभाले पनि यो महाअभियोगलाई स्वीकार गरेर जबरा दोषी हो वा निर्दोष हो भन्ने टुंगो गर्नुपर्ने समाजले बताएको छ ।
जबराविरुद्ध १ फागुन २०७८ मा दर्ता भएको महाअभियोग प्रस्ताव हाल सिफारिस समितिमा विचाराधीन छ । तर महाअभियोग टुंगो नलाग्दै संसदको कार्यकाल सकिने (२ असोज) भएपछि जबरामाथि लागेको अभियोग के हुन्छ भन्ने अन्यौल छ ।
पूर्व न्यायाधीश समाजले बुधबार पत्रकार सम्मेलन गरी जबरा सर्वोच्चमा फर्किन नमिल्ने बताएको छ । समाजका अध्यक्ष टोपबहादुर सिंहले भनेका छन्, ‘यो निष्क्रिय हुँदैन, आगामी संसदले टेक ओभर गर्नुपर्छ । उहाँले निर्दोष वा दोषी के हो प्रमाणित हुनुपर्छ ।’
हेर्नुहोस् पूर्वन्यायाधीश समाजको विज्ञप्ति

[ad_2]
Source link








