इनासले अष्ट्रियामा मनायो तीज – Online Khabar

इनासले अष्ट्रियामा मनायो तीज – Online Khabar

[ad_1]

१० भदौ, भियना। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) अष्ट्रियाको आयोजनामा ‘माइती चेली दर साँझ २०७९’ सम्पन्न भएको छ।

हरितालिका तीजको अवसरमा गत शनिबार भियानामा तीज विशेष कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा स्थानीय कलाकारहरूले तीजका चर्चित गीतहरूमा एकल तथा सामूहिक नृत्य प्रस्तुत् गरेका थिए । कलाकारहरू श्रद्धा थापा र बबिता पुनको नृत्यले दर्शकको मन जितेको थियो।

अष्ट्रियामा नै जन्मे हुर्केका बालबालिकाहरूले पनि नेपाली कला र संस्कृतिमा चासो व्यक्त गरका थिए । कन्चन बोहरा, सुनी लामिछाने, सोफिया लामिछाने, बिद्या टन्डन, दिव्या ढकालले स्वागत नृत्य प्रस्तुत गरे।

कार्यक्रममा इनासका कलाकारहरू सम्झना बोहरा, शिला अधिकारी, वर्षा पौडेल, पवित्रा केसी कार्की, गंगा पोखरेल, नुनिता सापकोटा, एजिला श्रेष्ठ, सम्झना गिरी, शोभा शर्मा र स्याण्डी भण्डारीले सामूहिक नृत्य गरेर मनोरन्जन प्रदान गरेका थिए ।

नारीहरूको महान चाड आयोजना गरिएको कार्यक्रममा लक्की ड्र मार्फत विभिन्न आकर्षक पुरस्कार वितरण गरिएको थियो ।

१० युरोको भाग्यशाली लक्की ड्र मार्फत अष्ट्रिया निवासी बाबा राजेश्वरी थापालाई प्रथम पुरस्कार ‘सुनको तिलहरी’ परेको थियो। दोस्रो पुरस्का कृष्ण भाटको जोडीलाई क्यान्डल लाइट डिनर र तेस्रो पुरस्कार र दुई जनाले आकर्षक डिजाइनको साडी प्राप्त गरे ।

इनासले अष्ट्रियामा मनायो तीज – Online Khabar

त्यसैगरि कार्यक्रममा उपस्थित महिला दिदीबहिनीहरु मध्येबाट तीज क्विनको उपाधि एलिजा श्रेष्ठले जितिन्। उक्त उपाधिका लागि ६ जना मनोनयनमा परेका थिए ।

प्रवेश नि:शुल्क रहेको कार्यक्रममा विभिन्न नेपाली खानाका परिकारहरु समेत राखिएको थियो। तीज गीतमा सामूहिक नृत्य समेत गरिएको थियो।

अष्ट्रियाको लागि नेपाली राजदूत तथा भियनास्थित संयुक्त राष्ट्र संघको कार्यालयमा नेपालको स्थायी प्रतिनिधि भरतकुमार रेग्मीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।

भर्खर अष्ट्रियामा आउने बित्तिकै पहिलो औपचारिक कार्यक्रममा सहभागी हुन पाएकोमा राजदूत रेग्मीले खुशी व्यक्त गरे ।

उनले नेपाली समुदायको सेवाका लागि आँफू कुनै पनि बेला काम गर्न तयार रहेको प्रतिवद्वता व्यक्त गरे ।

कार्यक्रममा इनास युरोपका संयोजक प्रकाश तिवारीले विशेष अतिथिको रुपमा बोल्दै इनास अष्ट्रियाको सक्रियताको प्रंशसा गरे।

उनले इनास युरोप र ग्लोवलको समेत प्रतिनिधित्व गर्दै कार्यक्रममा सहाभागी भएको भन्दै आगामी दिनमा पनि कला र संस्कृतिको जर्गेनाका लागि यस्ता कार्यक्रमहरुको निरन्तरता दिनुपर्ने बताए ।

इनास अष्ट्रियाका अध्यक्ष स्याण्डी भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष सम्झना बोहराले नेपाली भाषामा र महासचिव शिला अधिकारीले जर्मन भाषामा कार्यक्रमको संचालन गरेका थिए ।  उपाध्यक्ष नवीन कार्कीले शुभकामनाका साथ स्वागत गरेका थिए ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्