सरकारले ७ लघुबीमा कम्पनीलाई लाइसेन्स दिंदै, आवेदन माग

सरकारले ७ लघुबीमा कम्पनीलाई लाइसेन्स दिंदै, आवेदन माग

[ad_1]

१० भदौ, काठमाडौं । बीमा समितिले सात वटा लघुबीमा कम्पनीलाई सञ्चालनको अनुमति दिने भएको छ । सो प्रयोजनका लागि समितिले शुक्रबार प्रस्ताव आह्वान गरेको छ ।

नेपाल सरकारले चालु आर्थिक वर्ष २०७९/८० को बजेटको बुँदा नम्बर ३२७ मा लघुबीमा कम्पनी स्थापना गर्ने घोषणा गरेको थियो । यो घोषणालाई कार्यान्वयन गर्न समितिले शुक्रबार आवेदन माग गरेको हो । शुक्रबारदेखि ३५ दिनभित्र प्रस्ताव पेश गर्न सकिने समितिले जनाएको छ ।

समितिले ३ जीवन र ४ निर्जीवन बीमा कम्पनीको स्थापना गर्ने प्रक्रिया अगाडि बढाएको हो । यस्ता कम्पनीको चुक्ता पूँजी ७५ करोड रुपैयाँ हुनु पर्ने भएको छ ।

प्रस्तावित कम्पनीको कर्पोरेट कार्यालय काठमाडौंमा राख्न पाइने छैन । प्रदेश स्तरमा कार्यालय राख्नु पर्नेछ । प्रस्तावहरुमध्ये उच्चत्तम अंक पाउने ७ कम्पनी छनोट हुने समितिले उल्लेख गरेको छ ।

हेर्नुहोस् सूचनाः

सरकारले ७ लघुबीमा कम्पनीलाई लाइसेन्स दिंदै, आवेदन माग

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्