मन्त्री पनि आएनन्, कोरम पनि पुगेन – Online Khabar

मन्त्री पनि आएनन्, कोरम पनि पुगेन – Online Khabar

[ad_1]

मन्त्री पनि आएनन्, कोरम पनि पुगेन – Online Khabar

फाइल तस्वीर ।

९ भदौ, काठमाडौं । अग्निपथबारे छलफल गर्न बोलाइएको प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक स्थगित भएको छ ।

समितिले छलफलका लागि परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई बोलाएको थियो । तर बैठकमा कोरम पनि पुगेन र मन्त्री खड्का पनि उपस्थित भएनन्  । २५ सदस्यीय समितिको बैठक बस्नका लागि १३ जना सदस्य उपस्थित हुनु पर्नेमा जम्मा ७ जना मात्र उपस्थित थिए ।

नेकपा एकीकृत समाजवादी स्थापना दिवस मनाउन र नेकपा एमाले पोलिटब्युरो बैठकमा व्यस्त रहेकाले बैठकमा कोरम नपुगेको हो ।

बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको समिति सभापति पबित्रा निरौला खरेलले बताइन् ।

भारतले सैन्यभर्तीका लागि अग्निपथ योजना ल्याएको छ । उसले यो योजना अनुसार नै गोर्खा सैनिक भर्ना गर्ने तयारी गरिरहेका छ । त्यसैले यसबारेमा छलफल गर्न समितिले बैठक बोलाएको थियो ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्