प्रतिस्पर्धी फिल्मलाई शुभकामना दिन प्रिमियरमा पुगे सौगात-सृष्टि

प्रतिस्पर्धी फिल्मलाई शुभकामना दिन प्रिमियरमा पुगे सौगात-सृष्टि

[ad_1]

प्रतिस्पर्धी फिल्मलाई शुभकामना दिन प्रिमियरमा पुगे सौगात-सृष्टि

तस्वीर : शंकर गिरी/अनलाइनखबर

काठमाडौं । एकले अर्कालाई सघाउने सहिष्णुता नेपाली फिल्म क्षेत्रमा कमै भएको देखिन्छ । त्यसमा पनि एउटै मितिमा फिल्म जुध्ने भएपछि बक्स अफिस प्रतिस्पर्धा चर्को हुन्छ ।

यस्तो प्रतिस्पर्धामा दुवै पक्षका निर्माता र कलाकारले रिसइवी साँध्नु नौलो कुरा रहेन । रिलिज तयारीमा रहेका आगामी केही फिल्ममा यस्तो दृश्य अहिल्यैदेखि देखिएको छ । नामै नलिएर वा लिएर केही कलाकारले प्रतिस्पर्धी फिल्मलाई उछितो काढिरहेका छन् ।

तर बुधबार बेलुका सहिष्णुताको भिन्न दृश्य देखियो । शुक्रबार बक्स अफिसमा दुई फिल्म राधा र प्रकाश भिड्दैछन् । ‘प्रकाश’लाई शुभकामना दिन ‘राधा’ निर्माता तथा अभिनेता सौगात मल्ल, अभिनेत्री सृष्टि श्रेष्ठ, अभिनेता दिव्यदेव प्रिमियरमा पुगेका थिए ।

‘हामीले प्रतिस्पर्धीको रुपमा हेरेका छैनौं । जुन चले पनि नेपाली फिल्म चल्ने हो । उहाँहरुको निम्तोमा हामी शुभकामना दिन आएका हौं र हामीले पनि हाम्रो प्रिमियरमा उहाँहरुलाई निम्तो दिएका छौं,’ सृष्टिले अनलाइनखबरसँग भनिन् ।

नेपाली फिल्ममा यस्तो दृश्य दुर्लभ नै देख्न सकिन्छ ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्