हप्तौंसम्म नउठाएपछि फोहोर राखेरै बन्द गरियो सडक – Online Khabar

हप्तौंसम्म नउठाएपछि फोहोर राखेरै बन्द गरियो सडक – Online Khabar

[ad_1]

३१ साउन, काठमाडौं । ललितपुरको यूएन पार्क नजिकै मणिडोल छिर्ने चोकको सडक किनारमा फोहोर थुप्रिएको ३ महिनाभन्दा बढी भयो । स्थानीयले सडक किनारमा फोहोर फाल्न नदिन रात्री गस्ती समेत गरेका थिए । जरिवाना गराउँदा पनि फोहोर फाल्न रोकिएन ।

ललितपुर महानगरपालिकाले फोहोर उठाउन चासो  पनि दिएन । मणिडोल टोल सुधार समितिका पदाधिकारीहरु वडा नम्बर ११को कार्यालय, महानगरपालिकाको कार्यालयसहित विभिन्न निकायमा गुनासो गरे ।

तर, सँधै एक हप्ताभित्र उठाउने आवश्वासन दिँदा दिँदै महिनौं बित्यो ।

हप्तौंसम्म नउठाएपछि फोहोर राखेरै बन्द गरियो सडक – Online Khabarमंगलबार बंगलामुखी मन्दिरतर्फ जाने सडकको चोकमा स्थानीयले बाटो नै अवरुद्ध हुने गरी फोहोर थुपारे । त्यसको प्रतिरोध गर्दै स्थानीयले सोमबार रातिबाटै सडकमा फोहोर थुपारेर विरोध जनाएका हुन् । तुरुन्तै फोहोर उठाउन माग गर्दै उनले बाटो अवरुद्ध गरेका हुन् ।

स्थानीयको अवरोधलाई त प्रहरीले हटाएको छ । तर, सडक किनारमा थुप्रिएको फोहोर त्यतिकै छ । सडकभरि फोहोर असरल्ल छन् ।

मंगलबार साँझसम्म पनि फोहोर नउठाए यूएनपार्कबाट शंखमूलतर्फ जानेसहित स्थानीय क्षेत्रका सबै बाटो बन्द गर्ने  स्थानीयबािसन्दाहरुको चेततावनी छ । उनीहरुले फोहोर नै राखेर बाटो अवरुद्ध गरिने बताएका छन् ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्