पोखराका पूर्वमेयर जिसी अस्पताल भर्ना – Online Khabar

पोखराका पूर्वमेयर जिसी अस्पताल भर्ना – Online Khabar

[ad_1]

पोखराका पूर्वमेयर जिसी अस्पताल भर्ना – Online Khabar

फाइल तस्वीर ।

३१ साउन, काठमाडौं । पोखरा महानगरपालिकाका पूर्वमेयर मानबहादुर जिसी अस्पताल भर्ना भएका छन् ।

जिसीको छातीमा सोमबार बेलुका अकस्मात् समस्या देखिएको थियो । त्यस लगत्तै उनलाई फेवा सिटी हस्पिटलमा भर्ना गरिएको हो ।

जिसीको आईसीयू कक्षमा उपचार भइरहेको छ । ‘छाती दुखेर अस्पतालमा ल्याइएको रहेछ, हामीले मुटु रोगको समस्या हो कि भनेर आईसीयूमा राखेर उपचार सुरु गरेका थियौं, मुटुको समस्या रहेनछ,’ डा. बुद्धिबहादुर थापाले भने ।

अस्पताल भर्ना भएका जिसीलाई मेयर धनराज आचार्यले भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

उपचारमा संलग्न डाक्टरहरूले जिसीको अवस्था सामान्य रहेको जानकारी गराएको मेयर आचार्यले बताए ।

पूर्वमेयर यसअघि पनि अस्वस्थ भएका थिए ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्