पशुपतिको जलहरीबारे उठेको प्रश्नका सन्दर्भमा सर्वदलीय बैठक जारी

पशुपतिको जलहरीबारे उठेको प्रश्नका सन्दर्भमा सर्वदलीय बैठक जारी

[ad_1]

पशुपतिको जलहरीबारे उठेको प्रश्नका सन्दर्भमा सर्वदलीय बैठक जारी

जलहरीको विषयलाई लिएर संसद अवरोध गर्दै नेकपा एमालेका सांसदहरू ।

१२ जेठ, काठमाडौं । प्रतिनिधिसभामा पशुपतिको जलहरीबारे प्रश्न उठेपछि त्यस विषयमा सर्वदलीय बैठक जारी छ ।

सभामुखको कार्यकक्षमा सबै दलका प्रमुख सचेतक र ठूला दलका सचेतकहरु सहभागी छन् ।

जेठ १० गते माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार रहेका बेला पशुपतिको जलाहरी लगाउँदा अनियमितता भएको भनी प्रश्न उठाएका थिए । सुनको जलहरी भनेर पित्तल लगाइएको उनको आरोप थियो ।

उक्त आरोप सत्यताका आधारित नभएको भनी एमालेले विरोध जनाएको छ । एमालेले गलत आरोप लगाइएको भन्दै प्रतिनिधिसभाको बैठक नै अवरुद्ध गरेपछि समाधानको उपाय खोज्न सर्वदलीय बैठक बसेको हो ।

सर्वदलीय बैठक नयाँ वानेश्वरस्थित सभामुख देवराज घिमिरेको कार्यकक्षमा सर्वदलीय बैठक जारी छ ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्