यसरी बन्दैछ नागढुङ्गामा सुरुङमार्ग (तस्वीरहरू) – Online Khabar

यसरी बन्दैछ नागढुङ्गामा सुरुङमार्ग (तस्वीरहरू) – Online Khabar

[ad_1]

१२ जेठ, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले शुक्रबार नागढुङ्गा सुरुङमार्गको अनुगमन गरेका छन् ।

विश्व बैंकका उच्च अधिकारीसहितको टोली लिएर मन्त्री ज्वाला नागढुङ्गा सुरुङमार्गको अनुगमनमा पुगेका हुन् । अनुगमनका क्रममा मन्त्री ज्यावाले सुरुङमार्गमा भएको प्रगति र अवस्थाबारे जानकारी लिएका थिए ।

आयोजनाका अनुसार ३ जेठसम्म कुल आयोजनामा ५३.४२ प्रतिशत भौतिक निर्माणको काम सकिएको छ भने आयोजनाको कुल बजेटमध्ये ५८.३२ प्रतिशत रकम खर्च भइसकेको छ ।

यसरी बन्दैछ नागढुङ्गामा सुरुङमार्ग (तस्वीरहरू) – Online Khabarअहिलेसम्म मूल सुरुङमार्ग र त्यसका सहायक सुरुङमार्ग खण्ड खन्ने काम ८२.२० प्रतिशत सकिएको सुरुङमार्ग आयोजनाले जनाएको छ । आयोजनाका अनुसार मुख्य सुरुङमार्गको २ हजार ६८८ मिटर मुख्य सुरुङमार्गमध्ये २ हजार २.६० मिटर सुरुङ खनिएको छ । अकस्मिक रुपमा उद्धार गर्न बनाइने इभ्याकुएसन सुरुङको २ हजार ५५७ मिटर सुरुङमध्ये २ हजार ३०५.८० मिटर सुरुङ खनिएको छ ।

वर्किङ अडिटको पुरै १२६ मिटरको काम सकिएको छ । वर्किङ पासेज १२८ मिटरमध्ये ८६.२५ मिटर मात्रै निर्माण भएको छ । आयोजनाले मुख्य सुरुङ्गमा ९६५.७० मिटर कंक्रिट लाइनिङ गरेको छ । यो कुल सुरुङको ३५.९० प्रतिशत मात्रै हो ।

३ वटा अन्डरपासको निर्माण सकिएको छ, ४ वटा बक्स कल्भर्ट बनेको छ । एउटा ओभरपास र ३ वटा पुल पनि तयार भइसकेका छन् ।

फ्लाइओभर निर्माणका लागि जग राख्ने काम भइरहेको छ भने मुआब्जा वितरणको काम ९५ प्रतिशत सकिएको आयोजनाले जनाएको छ ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्