‘हल्कारा’को काठमाडौंमा प्रिमियर, फिल्म हेर्न पुगे सेलिब्रिटीदेखि नेतासम्म (तस्वीर)

‘हल्कारा’को काठमाडौंमा प्रिमियर, फिल्म हेर्न पुगे सेलिब्रिटीदेखि नेतासम्म (तस्वीर)

[ad_1]

काठमाडौं । शुक्रबारदेखि प्रदर्शन हुन लागिरहेको फिल्म ‘हल्कारा’को प्रिमियर बुधबार बेलुका काठमाडौंको वान सिनेमाज मल्टिप्लेक्समा गरिएको छ । विभिन्न अन्तर्राष्ट्रिय अवार्डमा पुरस्कार जितेको सोसल ड्रामा फिल्मलाई हेर्न कास्ट एण्ड क्रिउसहित सेलिब्रिटी उपस्थित रहे ।

निर्देशक विक्रम सापकोटा, अभिनेता महेश त्रिपाठी, अभिनेत्री विनिता थापामगर प्रिमियरमा आकर्षण बने । फिल्म हेर्न सांसदहरु रघुजी पन्त, ज्ञानेन्द्र शाही र एमाले नेता प्रदीप ज्ञवाली पनि पुगेका थिए । उनीहरुले फिल्म मन परेको बताए । अभिनेता राजन खतिवडाले ‘पर्फेक्ट’ नेपाली फिल्म बनेको भन्दै प्रशंसा गरे । अभिनेता मुकुन भुसालले हेरुञ्जेल फिल्मसँग आफू जोडिएको बताए ।

फिल्मले एक हुलाकीको कथा भन्छ । गाउँको एक बेरोजगार जड्याँहा व्यक्तिलाई हुलाकीको जागिर मिल्छ । त्यसपछि ऊ चिठी बाँड्न अर्को गाउँको यात्रामा निस्कन्छ । उसले यस क्रममा नयाँ कामको जिम्मेवारी र चुनौतीको सामना गर्नुपर्छ । यसक्रममा व्यक्तिगत कठिनाइ पनि खेप्नुपर्छ ।

हुलाकीको भूमिकामा महेश त्रिपाठीले अभिनय गरेका छन् । फिल्ममा वैदेशिक रोजगारीको सामाजिक आयामलाई चित्रण गरिएको छ । विक्रम सापकोटाको लेखन तथा निर्देशन रहेको फिल्मलाई रामकृष्ण पोखरेलले निर्माण गरेका हुन् । पोखरेलले निर्माण गरेको ‘ऐना झ्यालको पुतली’ गत वर्ष ओस्कार अवार्डमा सिफारिस भएको थियो ।

तस्वीरहरु

‘हल्कारा’को काठमाडौंमा प्रिमियर, फिल्म हेर्न पुगे सेलिब्रिटीदेखि नेतासम्म (तस्वीर)

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्