धारिलो हतियार प्रहारबाट गल्छीमा एक युवकको मृत्यु, स्थानीयबासिन्दाको प्रदर्शन

धारिलो हतियार प्रहारबाट गल्छीमा एक युवकको मृत्यु, स्थानीयबासिन्दाको प्रदर्शन

[ad_1]

धारिलो हतियार प्रहारबाट गल्छीमा एक युवकको मृत्यु, स्थानीयबासिन्दाको प्रदर्शन

स्थानीयबासिन्दाले जलाएको होटल सञ्चालकको गाडी । तस्वीर : विकास रौनियार

२८ वैशाख, धादिङ । धारिलो हतियार प्रहारबाट धादिङको गल्छी गाउँपालिका–८ का २८ वर्षीय विनोद थापा मगरको ज्यान गएको छ ।

होटलमा सामान्य विवादका कारण चक्कु प्रहार हुँदा घाइते भएका मगरको काठमाडौंमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरिक्षक एसपी गौतम मिश्रले जानकारी दिए ।

‘बुधबार ११ बजेतिरको घटना हो । ग्राहकको रुपमा होटलमा आएका विनोद र होटल सञ्चालकबी सामान्य भनाभन भएपछि घटना भएको हो । चक्कु प्रहार गरी घाइते बनेका मगरको उपचारका क्रममा ज्यान गयो’, मिश्रले भने ।

उनका अनुसार प्रहरीले घटनाको छानबिनका लागि होटल सञ्चालक सरस्वती पण्डित र उनका छोरा निरजलाई पक्रेको छ ।

यस्तै होटलमा खाना खान आएका अन्य ४ जना ग्राहकलाई सोधपुछका लागि नियन्त्रणमा लिएको एसपी मिश्रले बताए ।

थापाको हत्या भएको भन्दै स्थानीयबासिन्दाले दोषीमाथि कारबाहीको माग राखेर अहिले गल्छी नुवाकोट त्रिशुली सडक खण्ड अवरुद्ध गरेका छन् । उनीहरुले होटल सञ्चालकको गाडी पनि जलाएका छन् ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्