हरेक शुक्रबार सरकारी कार्यालय १० मिनेट सफा गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

हरेक शुक्रबार सरकारी कार्यालय १० मिनेट सफा गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

[ad_1]

१४ वैशाख, काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु नियन्त्रणका लागि अबदेखि हरेक शुक्रबार कार्यालय वरपर १० मिनेट सरसफाई अभियान सञ्चालन गर्न अनुरोध गरेको छ ।

यसवर्ष पनि डेंगुका बिरामी बढ्नेसक्ने अनुमान गर्दै हरेक शुक्रबार बिहान साढे १० बजे १० मिनेट सबै सरकारी तथा सार्वजनिक कार्यालयका हाताभित्र र वरपर सरसफाई अभियान संचालन गर्न आग्रह गरेको हो।

मन्त्रालयले बिहीबार पत्र जारी गर्दै डेंगु संक्रमण रोकथाम नियन्त्रणमा आम सर्वसाधारण, निजी क्षेत्र र सरोकारवालालाई आ-आफ्नो ठाँउबाट सहजीकरण र समवन्य गर्न आग्रह गरेको छ।

गत वर्ष नेपालमा डेंगु संक्रमण हालसम्मकै अत्याधिक भएको र यस वर्ष पनि डेंगुका बिरामी बढ्न सक्ने भन्दै मन्त्रालयले सरसरफाई अभियान सञ्चालन गर्न भनेको हो ।

डेंगु संक्रमण हुन नदिन लामखुट्टेको वृद्धि विकास रोक्न र संक्रमित लामखुट्टेको टोकाईबाट बच्न बचाउन आवश्यक हुन्छ । डेंगु गराउने लामखुट्टेको घर र कार्यलय वरिपरि थोरै वा धेरै मात्रामा जमेर रहेको सफा पानीमा अण्डा पारेर वृद्धि विकास गर्छ।

उक्त संक्रमित लामखुट्टेबाट जन्मने सबै लामखुट्टे संक्रमण गराउने नै हुन्छन् । डेंगु संक्रमण नियन्त्रण गर्न कार्यस्थल वरपर लामुखट्टेको वृद्धि विकास हुन नदिने र लामखुट्टेको टोकाईबाट बच्नु पहिलो उपाय हो।

हेर्नुहोस् मन्त्रालयको सूचना :

हरेक शुक्रबार सरकारी कार्यालय १० मिनेट सफा गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्