सामुदायिक विद्यालयलाई ‘टाइ’ अनिवार्य नगर्न महानगरको निर्देशन

सामुदायिक विद्यालयलाई ‘टाइ’ अनिवार्य नगर्न महानगरको निर्देशन

[ad_1]

१४ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई ‘टाइ’ अनिवार्य नगर्न निर्देशन दिएको छ ।

महानगरपालिकाले बिहीबार सामुदायिक विद्यालयहरुलाई परिपत्र गर्दै कुनैपनि कक्षामा टाइ अनिवार्य नगर्न निर्देशन दिएको हो ।

टाइ अनिवार्य नगर्न महानगरपालिकाको शिक्षा समितिले गत २८ चैतमा निर्णय गरेको थियो । सोही निर्णय अनुसार विद्यालयहरुलाई बिहीबार परिपत्र गरिएको महानगरले जनाएको छ ।

महानगर शिक्षा विभागका शिक्षा अधिकृत मोतिराज खनालका अनुसार टाइ लगाउँदा बालबालिकाहरुलाई असहज महसुस हुने, स्वतन्त्र रुपमा हिँड्डुलको महसुस गर्न नपाउने लगायतका गुनासो अभिभावकबाट आएपछि यस्तो निर्णय गरिएको हो ।

हेर्नुहोस् सूचनाः

सामुदायिक विद्यालयलाई ‘टाइ’ अनिवार्य नगर्न महानगरको निर्देशन

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्