ब्रोकर कमिसन ०.१५ प्रतिशत कायम गर्न सेयर लगानीकर्ताको माग

ब्रोकर कमिसन ०.१५ प्रतिशत कायम गर्न सेयर लगानीकर्ताको माग

[ad_1]

२७ चैत, काठमाडौं । सेयर लगानीकर्ताले ब्रोकर कमिसन ०.१५ प्रतिशत कायम गर्न माग गरेका छन् । साेमबार नेपाल धिताेपत्र बाेर्डका अध्यक्ष रमेशकुमार हमाललाई ज्ञापनपत्र बुझाउँदै ब्राेकर कमिसन घटाउन माग गरेका हुन् ।

यस्तै डीपी चार्ज २५ बाट ५ रूपैयाँमा झार्नुपर्ने, पूँजीगत लाभकर दीर्घकालीन लगानीकर्तालाई ७.५ प्रतिशतबाट ५ प्रतिशत तथा अल्पकालीन लगानीकर्तालाई ५ प्रतिशतबाट ३ प्रतितशत कायम गर्नुपर्ने उनीहरुको माग छ ।

बाेर्ड अध्यक्ष हमालले लगानीकर्ताका मागका बारेमा क्रमिक रूपमा समन्वयन गरेर सम्बाेधन गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले बजारलाई भावनमत्मक रूपमा लगानीकर्तालाई अभिभावक छ भन्ने अनुभूति दिलाउन काम गर्ने उनले बताए ।

अर्थमन्त्री पनि यसमा सकारात्मक रहेकाे अध्यक्ष हमालको भनाइ छ । लगानीकर्ता मनाेबल बढाउने गरी अर्थमन्त्रीसँग छलफल भइरहेकाे र नेपाल राष्ट्र बैकसँग पनि समन्वयन गर्न अर्थमन्त्री पहल गरिरहेकाे उनले बताए ।

लगानीकर्ताले मार्जिन कर्जामा १२ कराेडकाे सीमा हटाउनुपर्ने, १५० प्रतिशत रहेकाे जाेखिम भार १०० प्रतिशत कायम गर्न माग गरेका छन् ।

हेर्नुहोस् ज्ञापनपत्रः

ब्रोकर कमिसन ०.१५ प्रतिशत कायम गर्न सेयर लगानीकर्ताको माग

 

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्