गोल सम्झिँदा एञ्जिलाको आँखामा आँसुु – Online Khabar

गोल सम्झिँदा एञ्जिलाको आँखामा आँसुु – Online Khabar

[ad_1]

गोल सम्झिँदा एञ्जिलाको आँखामा आँसुु – Online Khabar

पत्रकार सम्मेलनमा एन्जिला तुम्बोप्पे । तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर

२५ चैत, काठमाडौं । नेपाली राष्ट्रिय टिमका कप्तान एवं गोलरक्षक एन्जिला तुम्बोप्पे खेलपछिको पत्रकार सम्मेलनमै रोएकी छन् ।

पेरिस ओलम्पिक २०२४ को छनाट मा शनिबार भएको दोस्रो खेलमा नेपाल २–० ले पराजित भएको थियो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले छैटौं र सातौं मिनेटमा गोल खाएको थियो । गोलरक्षक र डिफेण्डरबीच समन्वय नहुँदा नेपालले खानु नपर्ने गोल खाएको थियो ।

नेपालले दोस्रो हाफमा गोलकिपर परिवर्तन गरेपछि खेल समेत सुधारिएको थियो ।

खेलपछि आयोजित पत्रकार सम्मेलनमा गोलको प्रशंग आउनसाथ कप्तान समेत रहेकी गोलरक्षक एन्जिला भावुक भइन् । डिफेन्ससँग कम्बिनेसन नमिलेको भन्दै उनले भनिन, ‘यदि २ वटा गोल रोकेको भए शायद हामी ड्रमा पुग्ने रहेछौं …।’

दोस्रो हाफमा भएको रिप्लेसबारे सोधिएको प्रश्नमा भने उनले आफूलाई रोक्न सकिनन् । ‘गोल खाँदैनौं भन्ने थियो’ यति भन्नासाथ उनको आँखा रसायो ।

प्रशिक्षक अनन्त थापाले भने उनको बचाउ गरे । एन्जिनाले फुटबलमा हुने गोल नै खाएको र उनी फाइटर भएको अनन्तले बताए ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्