वीरगञ्जमा गुठीको जग्गामा पोखरी खनेपछि विवाद – Online Khabar

वीरगञ्जमा गुठीको जग्गामा पोखरी खनेपछि विवाद – Online Khabar

[ad_1]

१३ चैत, वीरगञ्ज। गुठी संस्थानले कृषि बाली लगाउन भाडामा लगाएको जग्गा माछा पालन गर्न पोखरी खनेको पाइएपछि वीरगञ्जमा विवाद भएको छ ।

वीरगञ्ज महानगरपालिका–२८ दर्दवास्थित ३० विघा १२ कठ्ठा १० धुर जमिनमा माछापोखरी बनाउन माटो खनेपछि विवाद भएको हो । स्थानीय वासिन्दाले नदी छेउको जमिनमा पोखरी खन्दा वर्षायाममा गाउँ नै डुबान हुने खतरा बढेको बताएका छन् ।

बाली लगाउने शर्तमा ०७२ वैशाख २४ गते मदनप्रसाद यादवले उक्त जमिन ठेक्कामा लिएका थिए । सम्झौतामा बार्षिक १० मन प्रतिविघा धान वा सो बराबरको रकम बुझाउने उल्लेख छ । तर यो जग्गा २०७३ जेठ २८ गते अजय द्विवेदीले ठेक्का रकम आफूले बुझाउने गरी लिएका थिए । द्विवेदी गत स्थानीय निर्वाचनमा वीरगञ्ज महानगरपालिकाका मेयरका प्रत्यासीसमेत हुन् ।

आइतबार वीरगञ्ज महानगरले अनुमति नलिई माटो उत्खनन गरेको भन्दै एउटा स्काभेटर र ४ वटा टिपर नियन्त्रणमा लिएको छ । सोमबार गुठी संस्थान वीरगञ्जका प्रमुख चुडामणि घिमिरे र वीरगञ्ज महानगरका प्रतिनिधिले माटो उत्खनन भइरहेको जग्गाको स्थलगत निरीक्षणसमेत गरेका छन् ।

गुठी संस्थान वीरगञ्जका प्रमुख घिमिरेले ३ वर्षदेखि ठेक्का रकमसमेत नपाएको बताए । ‘बाली लगाउन भनेर जमिन ठेक्कामा दिइएको हो, तर माटो खनेर विजोग नै पारेका रहेछन्’, उनले भने, ‘माटो बिक्रीसमेत गरेको गुनासो आएको छ । खेती गर्नलाई दिएको जग्गाको दुरुपयोग भएको देखिन्छ ।’

ठेक्का लिएको उद्देश्य भन्दा विपरीत जग्गाको प्रकृति बिगारेकाले जरिवानासमेत तिर्नुपर्ने र ठेक्का भंग हुनेबारे केन्द्रीय कार्यालयलाई लिखित जानकारी गराउने प्रमुख घिमिरेले बताए ।

महानगरको अनावश्यक हस्तक्षेप : द्विवेदी

गुठी संस्थानको उक्त जमिन उपयोग गरिरहेका द्विवेदीले गुठीको जग्गामा महानगरले अनावश्यक हस्तक्षेप गरेको बताए । उनले जग्गाबारे गुनासो आएको छ भने गुठी संस्थानले बोलाएर सोधपुछ गर्ने वा पत्राचार गर्नुपर्ने बताए ।

‘महानगरले हेर्ने जग्गा नै होइन, दुर्भावनापूर्ण कार्य गरिरहेको छ’, उनले भने ‘माटो बेचेको आरोप झुठो हो । खेती हुने जमिन नै होइन, आफ्नो खर्चमा माछा पोखरी खनेर झन् राम्रो बनाउँदैछु ।’

वीरगञ्जमा गुठीको जग्गामा पोखरी खनेपछि विवाद – Online Khabar

१० औं विघा गुठीको जमिनमा माछा पोखरी खनिएको बताउँदै उनले आफ्नो नाम जोडिएकोले महानगरले गलत दृष्टि राखेको आरोप लगाए ।

गुठी संस्थान वीरगञ्जका प्रमुख घिमिरले भने माछा पोखरी बनाउने हो भने संस्थानसँग अनुमति लिनुपर्ने बताए ।

‘कृषि बालीका लागि अनुपयुक्त जग्गा छ माछा पोखरी बनाउने हो भने संस्थानमा निवेदन दिनुपर्छ, त्यसपछि पोखरी खन्न भनेर इजाजत दिन्छौं’, उनले भने ‘बालीको भन्दा पोखरीको बढी पैसा आउँछ । ५ विघाको पोखरी छ भने ५ वर्षमा ६०/७० लाख आम्दानी हुन्छ ।’

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्