जनकपुरधाममा चैती छठको रौनक ( तस्वीरहरु)

जनकपुरधाममा चैती छठको रौनक ( तस्वीरहरु)

[ad_1]

१३ चैत, जनकपुरधाम। जनकपुरधामसहित मधेशमा आज चैती छठ पर्व मनाइँदै छ । चैती छठको आज मूल विधि सौझका अर्घ्य रहेको छ ।

आज अस्ताउँदो सूर्य अर्थात दिनानाथलाई अर्घ्य दिन जलाशय किनार घाटमा श्रद्धालुभक्तजन बिहानैदेखि पूजा सामग्री लिएर प्रतिक्षामा छन् ।

यति बेला जनकपुरधामको गंगासागर, अर्गजासागर लगायतमा अब्लोकन गर्न आउने श्रद्धालु भक्तजनको भीड लागेको छ ।

चार दिनसम्म अत्यन्त नियम निष्ठाका साथ मनाइने चैती छठको पहिलो दिन ‘नहाय खाय’, दोस्रो दिन दिनभरि उपवास बसेर राति सख्खरमा पकाइएको खिरमात्र खाएर ‘खरना’, तेस्रो दिनअर्थात् षष्टि तिथिमा निराहार उपवास बसेर साँझ अस्ताउँदो सूर्यलाई जलासयमा स्नान गरी उभेर अर्घ्य दिइन्छ, जसलाई ‘सझुका अरख’ भनिन्छ ।

अर्घ्यमा ठकुवा, भुसुवा, मुला, उँखु, भण्टा, ठकुवा, भुसवा, केरा, नरिवललगायतका सामग्री प्रसादको रुपमा चढाइन्छ ।

व्रतालुहरू जागरण बसी भोलिपल्ट चैत्र सुक्ल सप्तमी तिथिका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पर्वको समापन हुने चलन छ । चैती छठ गर्दा हरेक मनोकाङ्क्षा पूरा तथा छालाजन्य रोग कहिल्यै नलाग्ने जनविश्वास छ ।

जनकपुरधाममा चैती छठको रौनक ( तस्वीरहरु)

 

 

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्