सांसद भण्डारीको उपचारमा सरकारले गर्‍यो ५५ लाख ८८ हजार रूपैयाँ खर्च

सांसद भण्डारीको उपचारमा सरकारले गर्‍यो ५५ लाख ८८ हजार रूपैयाँ खर्च

[ad_1]

सांसद भण्डारीको उपचारमा सरकारले गर्‍यो ५५ लाख ८८ हजार रूपैयाँ खर्च

फाइल तस्वीर

६ चैत, काठमाडौं । सांसद चन्द्र भण्डारीको उपचारका लागि सरकारले ५५ लाख ८८ हजार रुपैयाँ खर्च गरेको छ । अर्थ मन्त्रालयका अनुसार ११ फागुन २०७९ मा भएको मन्त्रिपरिषद्को बैठकले भण्डारीको उपचार खर्च बेहोर्ने निर्णय गरेको थियो । सोही अनुसार उनलाई एयर एम्बुलेन्सबाट भारत लैजाँदा लागेको सम्पूर्ण खर्च नेपाल सरकारले बेहोरेको छ । यस्तो रकम ५५ लाख ८८ हजार रुपैयाँ रहेको मन्त्रालयले जनाएको छ ।

भण्डारी आफ्नै निवासमा भएको आगलागीमा परी घाइते भएका थिए । उनको नेपालमा उपचार सम्भव नभएपछि अहिले भारतमा उपचार जारी छ ।

सरकारले फागुन महिनामा मात्र सांसद भण्डारीसहित ४ जनालाई आर्थिक सहायता प्रदान गरेको छ । यस्तो रकम ६४ लाख ८८ हजार हुन आउँछ । सहायता रकम पाउनेमा भण्डारीबाहेक लमजुङका रामबाबु अधिकारी ३ लाख, सिराहाका विश्वेन्द्र पासवान ३ लाख र कालिकोटका संग्रामे सार्की ३ लाख रहेका छन् ।

यसअघि माघसम्म सरकारले साढे ५ करोड रुपैयाँ आर्थिक सहायता वितरण गरिसकेको छ । जसमा पूर्वराष्ट्रपति रामवरण यादवदेखि भुटानी नेता टेकनाथ रिजालको उपचार खर्च समेत समावेश छ ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्