वार्तामा बस्न चलचित्र संघ र विकास बोर्डलाई निर्देशक समाजको आग्रह

वार्तामा बस्न चलचित्र संघ र विकास बोर्डलाई निर्देशक समाजको आग्रह

[ad_1]

काठमाडौं । चलचित्र निर्देशक समाजले आन्दोलनमा उत्रिएको चलचित्र संघ र चलचित्र विकास बोर्डलाई वार्ताद्वारा समस्याको समाधान गर्न आग्रह गरेको छ ।

आइतबार महासचिव जनकदीप पराजुलीले विज्ञप्ति जारी गर्दै संवेदनशील भई वार्तामा बस्ने र समस्याको निकास खोज्न आग्रह गरेका हुन् ।

एक साताअघि नै फिल्म सेन्सर गर्नुपर्ने, राति १० बजेपछि फिल्म प्रदर्शन गर्न नपाइने र विश्वकप फुटबलजस्ता खेल गतिविधि स्क्रिनिङ गर्ने नपाइने भन्ने बोर्डको नियमपछि चलचित्र संघ आक्रोशित छ ।

उसले विकास बोर्डविरुद्ध आन्दोलनको कार्यक्रम घोषणा गर्दै अध्यक्ष भुवन केसीसँग कुनै हालतमा वार्ता नहुने अडान राखेको छ । यसै साता संघले सञ्चार सचिवलाई ज्ञापनपत्र बुझाएर आन्दोलनमा अघि बढ्ने समेत बताएको छ ।

चलचित्र निर्देशक समाजको विज्ञप्ति

वार्तामा बस्न चलचित्र संघ र विकास बोर्डलाई निर्देशक समाजको आग्रह

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्