कर्णालीमा कांग्रेस संसदीय दलको निर्वाचन शनिबार, उम्मेदवार बन्न २५ हजार

कर्णालीमा कांग्रेस संसदीय दलको निर्वाचन शनिबार, उम्मेदवार बन्न २५ हजार

[ad_1]

७ पुस, सुर्खेत । कर्णाली प्रदेशमा नेपाली कांग्रेस संसदीय दलको निर्वाचन शनिबार हुने भएको छ । संसदीय दलको निर्वाचन गर्न बनेको निर्वाचन समितिले बिहीबार उम्मेदवार बन्नका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ ।

सेसार्वजनिक गरेको कार्यसूची अनुसार शनिबार दलको नेताका लागि निर्वाचन हुने निर्वाचन समितिका संयोजक कृष्णबहादुर रोकायले जानकारी दिए । उनका अनुसार शनिबार विहान ९ बजेदेखि ११ बजेसम्म मतदान गर्ने कार्यतालिका बनाएको छ । दलको उम्मेदवारका लागि २५ हजार शुल्क निर्धारण गरिएको छ ।

कार्यतालिका अनुसार शुक्रवार ८ गते बिहान ८ बजे मतदाता नामावली प्रकाशन गरिने छ भने सोही दिन दिउँसो १२ बजेसम्म दाबी विरोध उपर जाँचबुझ गरी अन्तिम नामावली प्रकाशन गरिने छ ।

शुक्रबार दिउसो ३:३० बजे उम्मेदवारका लागि दरखास्त गर्ने कार्यतालिका रहेको छ भने उम्मेदवारको नाम फिर्ता लिने समय बेलुका साढे पाँच बजे तोकिएको छ ।

शुक्रबार बेलुकी ८ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने संयोजक विसीले बताए । शनिबार नै मतदान र मतगणना गरिने छ ।

कर्णालीमा कांग्रेस संसदीय दलको लागि बहालवाला मुख्यमन्त्री जीवनबहादुर शाही र नेता राजीव विक्रम शाह मैदानमा उत्रिएका छन् । यी दुवै कांग्रेस संस्थापन समुहका नेता हुन् ।

कर्णालीमा कांग्रेस संसदीय दलको निर्वाचन शनिबार, उम्मेदवार बन्न २५ हजार

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्