पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक जहाज अवतरण

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक जहाज अवतरण

[ad_1]

७ पुस, पोखरा । व्यावसायिक उडानको तयारीमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक विमान अवतरण गरेको छ ।

पोखराकै पुरानो विमानस्थलबाट उडेको यति एयरलाइन्स र बुद्ध एयरको जहाज नयाँ विमानस्थलमा अवतरण गराएर ‘डेमो फ्लाइट’ गरिएको विमानस्थल कार्यालयले जनाएको छ ।

नयाँ विमानस्थलमा यति एयरलाइन्सको जहाज उडाएर पुगेका प्रशिक्षक पाइलट प्रमोद पौडेलले विमानस्थल उत्कृष्ट बनेको प्रतिक्रिया दिए । उनले भने, ‘यसले आन्तरिक उडान अझ सुरक्षित बनाउने छ ।’

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक जहाज अवतरण

विमानस्थलमा आन्तरिक र बाह्य उडानका लागि छुट्टाछुट्टै संरचना बनाइएका छन् ।

१ जनवरी २०२३ देखि यस विमानस्थलबाट साना जहाज, हेलिकप्टर र अल्ट्राफ्लाइटबाहेक सबै उडान यसै विमानस्थलबाट हुने गरी तयारी गरिएको छ ।

यस विमानस्थलमा नेपालकै पहिलो एरोब्रिज रहेको छ । अन्तर्राष्ट्रिय उडानका यात्रु अब यसै एरोब्रिजबाट जहाज चढ्न र झर्न सक्छन् ।

 

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्