ठोरीमा मनाइयो रामसीता विवाह महोत्सव – Online Khabar

ठोरीमा मनाइयो रामसीता विवाह महोत्सव – Online Khabar

[ad_1]

१२ मंसिर, पर्सा । पर्साको ठोरीमा रामसीता विवाह महोत्सव मनाइएको छ ।

ठोरी गाउँपालिका-२ मा पर्ने सीतागुफामा आज वैदिक परम्परा अनुसार मर्यादा पुरुषोत्तम भगवान रामचन्द्र र सीताको विवाह मनाइएको राम जन्मभूमि क्षेत्र विकास समितिकी उपाध्यक्ष मीना गिरीले जानकारी दिइन्।

उनका अनुसार विवाह महोत्सवमा उपस्थित भक्तहरुलाई दुई पक्षमा विभाजन गरी (रामपक्ष र सीता पक्ष बनी) जन्ती लगेर सीता गुफा परिसरमा विवाह गरी गुफामा भित्र्याइएको छ ।

स्थानीयहरुले विगत केही वर्षदेखि नै मंसिर शुक्ल पञ्चमीको दिनमा र रामनवमीको दिनमा यस क्षेत्रमा धुमधामका साथ पूजनोत्सव गर्दै आइरहेका छन्।

ठोरीमा मनाइयो रामसीता विवाह महोत्सव – Online Khabar

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रामको जन्म ठोरीमा भएको भन्ने वक्तव्य दिएपछि यसको महत्त्व बढेर छ। तर ममन्दिर माडीमा बनाइएपछि स्थानीयहरुको गुनासो छ ।

ठोरी गाउँपालिकाका पूर्वअध्यक्ष पदमलाल श्रेष्ठले यस क्षेत्रमा रामसीताको मूर्ति स्थापना गर्न भनी शिलान्यास गरेता पनि दशगजा क्षेत्रमा उक्त मूर्ति स्थापना हुन नसक्दा बजेट फ्रीज भएको थियो।

सीतागुफामा जान खोला तरेर जानुपर्ने बाध्यात्मक अवस्था रहेकाले सम्बन्धित निकायले झुलुङ्गेपुलको व्यवस्थापन गर्न सके यस क्षेत्र धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकसित हुने समितिकी कोषाध्यक्ष गीता बिष्टले बताइन्।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्