‘महापुरुष’का डेब्यु हिरो अरुण क्षेत्रीलाई जन्मघरमा आतसबाजीसहित स्वागत

‘महापुरुष’का डेब्यु हिरो अरुण क्षेत्रीलाई जन्मघरमा आतसबाजीसहित स्वागत

[ad_1]

काठमाडौं । फिल्म ‘महापुरुष’का डेब्यु अभिनेता अरुण क्षेत्रीलाई दाङस्थित जन्मघरमा भव्य स्वागत गरिएको छ । फिल्मको टोली विहीबार बेलुका दाङको घोराहीमा रहेको क्षेत्रीको घरमा पुगेको थियो ।

अरुणसहित निर्देशक प्रदीप भट्टराई, निर्माता तथा अभिनेता रवीन्द्रसिंह बानियाँ, अभिनेत्री अञ्जना बराइलीसहितको टोली त्यहाँ पुग्दा गाउँले र फ्यानले स्वागत गरे ।

स्वागतमा फ्यानले आतसबाजी समेत गरेका थिए । कलाकार कमल गाउँलेको संयोजकत्वमा घोराही उपमेयर हुमा डीसी, पत्रकार महासंघ जिल्ला अध्यक्ष दुर्गालाल केसी, अरुण क्षेत्रीका सदस्य लगायतले स्वागत समेत गरे ।

‘महापुरुष’का डेब्यु हिरो अरुण क्षेत्रीलाई जन्मघरमा आतसबाजीसहित स्वागत

पहिलो फिल्मबाटै चर्चा र प्रशंसा बटुलेपछि अरुणको गाउँ र घरमा खुशियाली छाएको अभिनेता बानियाँले बताए । फिल्ममा अरुणले हरिवंश आचार्यका कान्छा छोराको भूमिका निर्वाह गरेका छन् । उनको अभिनयको प्रशंसा समीक्षकले समेत गरेका छन् ।

‘महापुरुष’ टोलीले विहीबारै चलचित्र पत्रकार संघ दाङ शाखाले घोराहीमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा पनि सहभागिता जनाएको छ । हरिवंश आचार्यको मुख्य भूमिका रहेको फिल्म शुक्रबारदेखि दोस्रो सातामा प्रवेश गर्दैछ ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्