चितवनमा विकास कोइरालाको चियापानप्रति कांग्रेसको आपत्ति

चितवनमा विकास कोइरालाको चियापानप्रति कांग्रेसको आपत्ति

[ad_1]

चितवनमा विकास कोइरालाको चियापानप्रति कांग्रेसको आपत्ति

नेपाली कांग्रेस चितवनका अध्यक्ष राजेश्वर खनाल ।

१५, कात्तिक, चितवन । नेपाली कांग्रेस चितवनका पूर्वसभापति विकास कोइरालाले भोलि चियापान कार्यक्रम गर्ने घोषणा गरेपछि चितवन जिल्ला समितिले आपत्ति जनाएको छ ।

लामो समय विदेश बसेर आएका पूर्व पार्टी सभापति कोइरालाले उद्योग बाणिज्य संघ चितवनको सभाहलमा चियापान कार्यक्रम गर्ने तय भएपछि जिल्ला पार्टी सभापति राजेश्वर खनालले मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै यस्तो कार्यक्रम नगर्न निर्देशन दिए । सभापति खनालले निर्देशन मात्रै दिएनन् उनले जारी गरेको विज्ञप्तिमा पार्टी पूर्व सभापतिहरुको सूचीबाट विकास कोइराला र कृष्णलाल सापकोटाको नामसमेत हटाइएको छ ।

खनालले जारी गरेको विज्ञप्तिमा चियापान कार्यक्रम जस्ता गतिविधिले पार्टी संगठन र आसन्न निर्वाचनलाई समेत नकारात्मक प्रभाव पार्ने उल्लेख गरिएको छ । विकासले चियापान कार्यक्रम गर्ने र केही राजनीतिक विषयमा आफ्ना विचार राख्ने तय भएपछि खनाल सशंकित बनेका कांग्रेसका एक नेताले बताए । कोइरालाले भने आफू लामो समय विदेश बसेको र चाडपर्वको बेलामा नेपाल आएकाले आफन्त र शुभचिन्तकसँग भेटघाट गर्न लागेको बताए । ‘मैले उहाँको पद खोस्न लागेको पनि हैन, उहाँका विरुद्धमा जनमत बनाउन लागेको पनि हैन’ उनले भने ।

सभापति खनालले आफूहरुको योगदान र इतिहास मेट्न खोजे पनि त्यो सम्भव नहुने बताए । २०७० सालको संविधान सभा निर्वाचनमा कोइराला तत्कालिन पार्टी सभापति सुशील कोइरालाको विरुद्धमा तत्कालिन चितवन क्षेत्र नं. ४ बाट बागी उम्मेदवार बनेका थिए ।

पार्टी सभापतिका विरुद्धमा बागी उम्मेदवारी दिएपछि कोइरालालाई कांग्रेसले कारवाही गरेको थियो । कोइरालाले विधान अनुसार पार्टीले गरेको कारर्वाही पहिल्यै फुकवा भएको दावी गरे । ‘मलाई कांग्रेसले कारवाही गरे पनि पार्टी छाडेर कतैं गइनँ, पार्टी विरोधी गतिविधि गरेको छैन, कांग्रेसकै माझमा छु’ कोइरालाले भने ।

जिल्ला पार्टी सभापति खनालले भने पार्टीले कारवाही गरेकोले सापकोटा र कोइरालालाई पूर्वसभापतिको सूचीबाट नाम हटाएको जिल्लाका एक पदाधिकारीले जानकारी दिए ।

हेर्नुहोस् कांग्रेसको विज्ञप्ति

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्