तनहुँमा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु – Online Khabar

तनहुँमा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु – Online Khabar

[ad_1]

तनहुँमा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु – Online Khabar

फाइल तस्वीर

१५, कार्तिक, चितवन । तनहुँको ब्यास नगरपालिका १२ छिर्केनेमा चितुवाको आक्रमणबाट मंगलवार साँझ एक बालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार साँझ ६.३० बजेको समयमा घर नजिकै बसिरहेका राजु कुँवरका ८ वर्षीय छोरा अभिनव कुँवरलाई चितुवाले आक्रमण गर्दा उनको मृत्यु भएको हो ।

तनहुँका डीएसपी युवराज खड्काले घटना भएको सूचना लगत्तै प्रहरी टोली तर्फ परिचालन गरिएको जानकारी दिए । बालकको शवलाई घटनास्थलबाट मुचूल्का गरेर दमौली ल्याउने प्रयास भइरहेको उनले बताए ।

गत कार्तिक ४ गते तनहुँको बन्दीपुर गाउँपालिका–३ सिस्नेघारीमा चितुवाको आक्रमणबाट ११ वर्षीय विना चेपाङको मृत्यु भएको थियो ।

तनहुँको बन्दिपुर, भानु र ब्यासमा चितुवा आक्रमणको बिगबिगी छ । ती पालिकाहरुमा दर्जनभन्दा बढि बालबालिकाहरुले ज्यान गुमाईसकेका छन् भने केही घाइते भएका छन् ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्