२०० मिटर दौडमा शिवराज र निशाले जिते स्वर्ण – Online Khabar

२०० मिटर दौडमा शिवराज र निशाले जिते स्वर्ण – Online Khabar

[ad_1]

३ कात्तिक, काठमाडौं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बिहीबार बिहान सम्पन्न २०० मिटर पुरुष दौडमा एपीएफका शिवराज पार्कीले स्वर्णपदक जितेका छन् ।

२०० मिटर दौडको महिलातर्फको स्पर्धामा लुम्बिनीकी निशा चौधरीले स्वर्ण जितिन् ।

शिवराजले निर्धारित दुरी २१ः९१ सेकेण्डको टाइमिङमा पूरा गरेर पहिलो भए । एपीएफकै आशिष चौधरी दोस्रो र त्रिभुवन आर्मी क्लबका युवराज विक तेस्रो भए । २२ः०५ सेकेण्डको टाइमिङमा निर्धारित दुरी पार गरेका आशिषले रजत र २२ः५० सेकेण्डको टाइमिङमा दुरी पार गरेका युवराजले कास्य पदक जिते ।

आठौं राष्ट्रियमा १०० र २०० मिटर दुवैमा स्वर्ण जितेका आशिषको यस पटक भने स्वर्ण जित्ने लक्ष्य पूरा हुन सकेन । दुवै विधामा शिवराजले नै स्वर्ण जिते ।

२०० मिटर दौडमा शिवराज र निशाले जिते स्वर्ण – Online Khabar
शिवराज पार्की

शिवराजको यो तेस्रो स्वर्ण हो । यसअघि उनले १०० मिटर र ४ गुणा १०० मिटर रिलेमा पनि स्वर्ण जितेका थिए ।

यसैगरी निशाले २०० मिटरको निर्धारित दुरी २५ः२४ सेकेण्डको टाइमिङमा पूरा गरेर स्वर्ण जितिन् । उनले १०० मिटरमा टोकियो ओलम्पिकमा सहभागी जनाएकी त्रिभुवन आर्मीकी सरस्वती चौधरीलाई पछि पारिन् । सरस्वतीले २५:९५ सेकेण्डको टाइमिङसहित रजत जितिन् भने नेपाल पुलिसकी लक्ष्मी साउदले २६:५२ सेकेण्ड टाइमिङ सहित कास्य जितिन् ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्