दशैंपछि विद्यालय खोल्दा वाणगङ्गा नगरपालिकाको आपत्ति

दशैंपछि विद्यालय खोल्दा वाणगङ्गा नगरपालिकाको आपत्ति

[ad_1]

२६ असोज, काठमाडौं । कपिलवस्तुको वाणगङ्गा नगरपालिकाले गरेको निर्णयविपरीत केही संस्थागत विद्यालय सञ्चालन भएको भन्दै निर्णय पालना गर्न चेतावनी दिएको छ ।

नगरपालिकाले काटेको पत्र अनुसार नगरपालिका अन्र्तगत सञ्चालनमा रहेका सबै शैक्षिक संस्थाहरुका प्रधानाध्यापकहरुको असोज ९ गते बसेको बैठकले चालु शैक्षिक सत्रको शैक्षिक क्यालेन्डर अनुसार भएको दशैं तथा दिपावलीबीचको समयमा विद्यालयहरु बन्द गर्ने निर्णय भएको थियो ।

तर उक्त निर्णयविपरीत केही संस्थागत विद्यालयहरु २४ गतेदेखि सञ्चालन भएको पाइएको जनाएको छ । निर्णय विपरीत भए पनि प्याब्सन कपिलवस्तुका अध्यक्ष एवं बाणगङ्गाका अध्यक्षलगायतका प्रतिनिधहरुसँग मंगलबार बसेको बैठकले २७ गतेदेखि दिपावलीसम्म नै बन्द गर्ने निर्णय भएको र सोही सहमति कार्यन्वयन गर्न निर्देशन दिएको छ ।

उक्त सहमति अवज्ञा गर्ने विद्यालयलाई कानुन बमोजिम कारबाही (नगरबाट दिईने सेवा, इमिस बन्द, परीक्षा समावेश तथा अनुमति रोक्का जस्ता) को प्रक्रिया अगाडी बढाइने अनुसा नभए मंगलबार शिक्षा शाखा अधिकृत खिम बहादुर जिसीले चेतावनी दिए ।

हेर्नुहोस् विज्ञप्ति:

दशैंपछि विद्यालय खोल्दा वाणगङ्गा नगरपालिकाको आपत्ति

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्