प्रेमी सुशान्तसँग अस्ट्रेलियामा रमाउँदै आना

प्रेमी सुशान्तसँग अस्ट्रेलियामा रमाउँदै आना

[ad_1]

काठमाडौं । ‘जेरी’ फेम्ड अभिनेत्री आना शर्मा र गायक सुशान्त केसीबीच रोमान्स चलिरहेको छ । पहिलोपटक सन् २०२२ को न्यु–इयर मनाउन मुस्ताङमा सँगै देखिएको यो जोडी अहिले अस्ट्रेलिया घुमघाममा रमाइरहेको छ ।

सुरुमा रिलेसनसिपलाई गुपचुप राखिरहेको यो लभबर्ड अहिले खुलेरै प्रेममा मस्त छ । अस्ट्रेलियाबाट आना र सुशान्त दुवैले घुमघामका रोमान्टिक तस्वीर सेयर गरिरहेका छन् ।

स्रोतका अनुसार दुवै जना एकअर्काप्रति गम्भीर छन् भने टेक-केयर पनि गरिरहेका छन् । खासमा सिड्नीमा आयोजना गरिएको सुशान्तको कन्सर्टका लागि आना पनि त्यतै गएकी हुन् ।

प्रेमी सुशान्तसँग अस्ट्रेलियामा रमाउँदै आना

मेलबर्नबाट फोटो सेयर गर्दै आना र सुशान्तले मेलबर्न घुमघाममा रमाइलो भएको उल्लेख गरेका छन् । कामको कुरा गर्दा आना यतिबेला राजेश हमालसँगको फिल्म ‘मायाको माया’मा व्यस्त छिन् भने सुशान्त कन्सर्टहरुमा ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्