मनासलु आधार शिविरमा हिमपहिरो, उद्धारका लागि पुग्यो हेलिकप्टर

मनासलु आधार शिविरमा हिमपहिरो, उद्धारका लागि पुग्यो हेलिकप्टर

[ad_1]

मनासलु आधार शिविरमा हिमपहिरो, उद्धारका लागि पुग्यो हेलिकप्टर

मनास्लु आधार शिविरको फाइल तस्वीर ।

१० असोज, गोरखा । गोरखाको मनास्लु हिमालको आधार शिविरमा हिम पहिरो गएको छ ।

चुमनुब्री गाउँपालिका-१ मा स्थित मनास्लु हिमालको आधार शिविरमा पहिरो जाँदा केही पर्यटक बेपत्ता भएको खबर आएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले जानकरी दिए । यद्यपि मानवीय क्षति पुष्टि नभएको र प्रहरी घटनास्थलमा गइरहेको उनले बताए ।

पर्यटन विभागले पनि हिम पहिरो गएको पुष्टि गरेको छ । मनासलु हिमाल आरोहण गर्न गएका विदेशी र उनीहरुका सहयोगी नेपालीहरु मनासलु आधार शिविरमा छन् । स्रोतका अनुसार ३-४ वटा ट्रेकिङ कम्पनीको टोली आधार शिविर पुगेको छ ।

आधार शिविरमा रहेका मिङ्मा शेर्पाले हिम पहिरो आएको तर कति शक्तिशाली हो भन्ने थाहा भइनसकेको बताए । ‘हिमपहिरो आएको छ, शेर्पाहरुले उद्दार गर्दैछन्’ उनले टेलिफोनमा भने ।

पर्यटकको उद्दारका लागि सिम्रिक एयरको ९ एनटी एजेजेड कल साइनको हेलिकप्टर आधार शिविरमा अवतरण भइसकेको र अर्को हेलिकप्टर तयारी अवस्थामा रहेको सिम्रिक एयर स्रोतले जानकारी दिएको छ ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्